default_image

9 years ago

March 8, 2017

टुबोर्ग नेपालगञ्ज गोल्डकपको तयारी पुरा

147 views

0 Bookmark

सौरभ गिरी
नेपालगन्ज – टुबोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक जिल्ला फुटबल संघले जनाएको छ । नेपालगन्ज रंगशालामा बिहीबार सुरु हुने प्रतियोगितााका लागि टोली आउने क्रम सुरु भएको संघका अध्यक्ष भोजराज शाहीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उद्घाटन खेल साविक विजेता सुदूरपश्चिम ११ र भारतको दिल्ली युनाइटेडबीच हुनेछ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।

nepalgunj
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख ,दोश्रो हुनेले २ लाख ५१ हजार रुपैया प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले एक थान लेनोभो मोबाइल प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर ,उत्कृष्ट रक्षक , उत्कृष्ट मिडफिल्डर, उच्च गोलकर्ता र उत्कृष्ट स्ट्राइकरले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्

प्रतियोगिता अवधिभर एनएलजी इन्सुरेंसले खेलाडी र अफिसियलको विमा गरेको छ । प्रत्येक दिन खेल हेर्न टिकट लिएका ५ जोडीलाइ क्युएफएक्स सिनेमाको टिकट समेत उपलब्ध गराउने आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभर अन्तराष्ट्रिय खेलाडीहरु लगायत ६५ बर्ष माथि उमेर पुगेका दर्शकहरुलाई खेल हेर्न निशुल्क ब्यबस्था गरिएको अध्यक्ष शाहीले जनाएका छन् ।
पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रिय सदस्य प्रदेश सिंह राठौर , मध्य पश्चिम क्षेत्रिय खेलकुद विकास समतिका अध्यक्ष भिम ओली, दिल्ली दिल्ली युनाइटेडका कप्तान डन लेप्चा, सुदुर पश्चिम ११ का व्यवस्थापक सुरेश हमाल र खेलाडीहरुको उपस्थिति थियो । प्रतियोगिताको उद्घाटन एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्ने बताइएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.