default_image

9 years ago

March 9, 2017

टुबोर्ग नेपालगञ्ज गोल्ड कपको उद्घाटन आज, सुदूरपश्चिम र दिल्लीबीच प्रतिस्पर्धा

134 views

0 Bookmark

नेपालगञ्ज (हाम्रो खेलकुद)– सुदूरपश्चिमाञ्चल ११ ले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको उपाधि रक्षा यात्रा भारतको दिल्ली युनाइटेडविरुद्ध खेल्दै सुरुआत गर्दैछ । समूह ए अन्तर्गत सदूरपश्चिम र दिल्ली युनाइटेडको उद्घाटन खेल बिहीबार नेपालगञ्ज रंगशालामा हुनेछ । उक्त समूहमा रहेका सिएजमी क्लब संकटा र नेपाल एपिएफ क्लबबीच भने फागुन २८ गते प्रतिस्पर्धा हुनेछ ।

nepalgunj-goldcup-trophy-1
फागुन २७ गते हुने समूह खको पहिलो खेलमा नेपाल पुलिस क्लब र आयोजक नेपालगञ्ज ११ बीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । भर्खर बंगलादेशमा सम्पन्न शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा सेमिफाइनल पुगेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले चैत २९ गते अग्नी रुपन्देही ११ को सामना गर्नेछ ।

मनाङ र रुपन्देही ११ को विजेताले पुलिस र नेपालगञ्जबीचको विजेतासँग चैत १ मा दोस्रो सेमिफाइनल हुनेछ । त्यसको अघिल्लो दिन चैत ३० गते समूह कको सेमिफाइनल हुनेछ । सुदूरपश्चिमाञ्चल र दिल्लीमध्ये एक तथा संकटा र एपिएफमध्ये एकले सेमिफाइनल खेल्नेछन् ।

चैत ४ गते हुने फाइनलको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर खेलाडी, रेफ्री, अफिसियलको दुर्घटना विमा एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले गरेको छ ।

प्रतियोगितामा एन्फा, युवा तथाा खेलकुद मन्त्रालय, मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति, बाँके जिल्ला खेलकुद विकास समितिको सहकार्य रहेको छ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगिताको क्वार्टरफाइनल खेलेको टिकटदर १ सय तथा सेमिफाइनल र फाइनलको टिकटदर २ सय तोकिएको आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।

nepalgunj-ground

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.