default_image

9 years ago

March 9, 2017

नेपाल फिफा वरियतामा उकालो चढ्दै

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप जितेयता नेपाल फिफा वरियतामा लगातार माथि उक्लिने क्रम जारी रहेको छ ।अन्तर्राष्ट्रिय फुटबल संघले सार्वजनिक गरेको बिहीबारको वरियतामा नेपाल ३ स्थान माथि उक्लदै १ सय ७० औं स्थानमा पुगेको छ । फिफाले यो मार्च महिनाका लागि जारी गरेको वरियता हो । फेब्रुअरीमा नेपाल १ सय ७३ औं स्थानमा थियो ।

nepal-national-football-team

नेपालले कात्तिकको अन्तिममा मलेसियाको कुचिङमा आयोजित सोलिडारिटी कप जितेको थियो । त्यो नेपालले प्राप्त गरेको अहिले सम्मकै ठूलो उपाधि हो । नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जितेको पनि त्यो पहिलो नै थियो । वरियताक्रममा लगातार सुधार गरेपनि नेपाल दक्षिण एसियाली राष्ट्रमध्ये अझै चौथो स्थानमा छ ।

नेपालभन्दा अगाडि भारत,अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै नेपालभन्दा पछाडि भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । २ स्थान तल झर्दै १ सय २४ औं स्थानमा रहेको भारत दक्षिण एसियाली राष्ट्रमध्ये शीर्षस्थानमा रहेको छ । अफगानिस्तान १ सय ५६ औं, माल्दिभ्स १ सय ४० औं स्थानमा छ । त्यस्तै भुटान १ सय ७७, बंगलादेश १ सय ९७ औं र पाकिस्तान १ सय ९८ औं स्थानमा छ ।

एसिया कप छनोट खेल्ने तयारीमा रहेको नेपालले फिलिपिन्ससँग हुने पहिलो लेग जितेमा फिफा वरियतामा अझै सुधार हुन सक्छ । नेपाल र फिलिपिन्सबीच चैत १५ गते पहिलो लेग फिलिपिन्समा हुँदैछ । अहिले नेपाली टोली बन्द प्रशिक्षणमा रहेको छ । फिफा वरियतामा अर्जेन्टिना शीर्षस्थानमा , ब्राजिल दोस्रो स्थानमा यथावत छन् । त्यस्तै विश्व कप विजेता जर्मनी तेस्रो, चिली चौथो र बेल्जियम पाँचौं स्थानमा छ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.