default_image

3 months ago

September 5, 2025

अर्जेन्टिनाको जितमा मेस्सीको २ गोल

87 views

0 Bookmark

एजेन्सी – लियोनेल मेस्सीले २ गोल गरेपछि विश्वकपछनोटमा अर्जेन्टिनाले भेनेजुएलाई ३-० ले हराएको छ।‌

यो हारले भेनेजुएलाको २०२६ विश्वकपमा पुग्ने आशामा ठूलो धक्का दियो। अर्को गोल लाउटारो मार्टिनेजले गरे। ३९ औं मिनेटमा मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमा १-० अग्रता बनायो।

माेर्टिनेजले ७६ औं मिनेटमा गोल गरे। मेस्सीले ८० औं मिनेटमा अर्को गोल गरेपछि अर्जेन्टिनाले सहज जित निकाल्यो । अर्जेन्टिनाका लागि मेस्सीको यो १ सय १४औं गोल हो।

यो खेल सम्भवतः मेस्सीको अर्जेन्टिनाको लागि स्वदेशी भूमिमा हुने अन्तिम प्रतिस्पर्धात्मक खेल हुनसक्छ। विश्वकप विजेता अर्जेन्टिनाले यसअघि नै छनोट पक्का गरिसकेको थियो र‌अहिले ३८ अंकसहित तालिकाको शीर्षमा छ।

भेनेजुएलाले अब अन्तर महाद्वीपीय प्लेअफमार्फत मात्र विश्वकपको लागि अवसर पाउनेछ। तर त्यसका लागि उसले बोलिभियालाई पछि पार्नुपर्नेछ।

हाल भेनेजुएला बोलिभियाभन्दा एक अंकले अघि छ। अन्तिम खेलमा बोलिभियाले ब्राजिलसँग र भेनेजुएलाले कोलम्बियासँग खेल्नेछ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.