default_image

3 months ago

September 7, 2025

पोर्चुगलको जितमा रोनाल्डोको‌ २ गोल

804 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले छैटौँ विश्वकप खेल्ने अभियान उत्कृष्ट रुपमा सुरु गरेका छन्। विश्व कप छनोटमा शनिवार आर्मेनियाविरुद्ध उनले दुई गोल गरेपछि पोर्चुगलले ५-० ले जित्यो।

यो खेल पोर्चुगलका लागि भावुक पनि रह्यो। जुलाईमा सडक दुर्घटनामा आफ्ना फरवार्ड डियोगो जोटा र उनका दाजु आन्द्रे सिल्भाको निधनपछि पहिलो अन्तर्राष्ट्रिय खेल थियो। खेल सुरु हुनुअघि मौनधारण गरेर श्रद्धाञ्जली दिइयो।

४० वर्षीय रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा गोल संख्या १ सय ४० पुर्‍याए। उनले २१ र ४६ औं मिनेटमा गोल गरेका थिए।

रोनाल्डोले हालै साउदी क्लब अल नसरसँग नयाँ सम्झौता गरेका छन् । उनको कप्तानीमा जुनमा पोर्चुगलले नेसन्स लिग जितेको थियो । तर विश्वकप उपाधि भने अझै उनको अपूरो सपना बनेको छ।

उनका प्रतिद्वन्द्वी लियोनल मेस्सीले सन् २०२२ मा अर्जेन्टिनाका लागि विश्व कप जितेका थिए। अमेरिका, क्यानडा र मेक्सिकोमा हुने आगामी विश्वकप सम्भवतः रोनाल्डोको अन्तिम मौका हुनेछ।

खेलमा जोआओ फेलिक्सले २ र जोआओ कन्सेलोले अर्को गोल थपे। कन्सेलोले गोलको खुसियाली मनाउभदा जोटाको सम्झनामा आकाशतर्फ हात उठाए। फेलिक्सले १० औं र ६१ तथा कन्सेलोले ३२ औं मिनेटमा गोल गरेका थिए।

प्रशिक्षक रोबर्टो मार्टिनेजले तयारी राम्रो भएको र मंगलबार हुने हंगेरीविरुद्धको खेललाई अर्को चुनौती रहेको बताए । उनले २१औं मिनेटमा रोनाल्डोले गरेको गोललाई जोटासँग जोड्दै भने– ‘२१ नम्बर उसको जर्सी नम्बर थियो, त्यसैले त्यो गोल उसलाई समर्पित भयो।’

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.