default_image

9 years ago

March 9, 2017

नवयुग राष्ट्रिय टोलीबाट बाहिर !

188 views

0 Bookmark

प्रकाश तिमल्सिना

काठमाडौं – पूर्ण रुपमा फिट नभएपछि फरवार्ड नवयुग श्रेष्ठ अर्को महिना हुने एएफसी एसियन कप छनोटको पहिलो लेगमा राष्ट्रिय टोलीमा उपलब्ध नहुने भएका छन् । नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र फिजियो राजु दहालको सल्लाहमा नवयुगले बुधबारबाट राष्ट्रिय टोलीका प्रशिक्षण जान छोडिसकेका छन् ।

nawayug-injury

गत बर्ष बंगलादेशमा बंगबन्धु गोल्डकप र भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक दिलाउन महत्वपूर्ण योगदान गरेका नवयुग यसपटक फिलिपिन्सविरुद्ध भने टोलीमा हुने छैनन् । कोजीले बिहीबार पहिलो चरण छनोट गर्ने सम्भावना रहेको छ । नेपालले चैत १५ गते फिलिपिन्ससँग पहिलो लेग खेल्दैछ ।

‘घुँडाको पट्टी खोलेपछि सामान्य अभ्यास सुरु गरिसकेको थिए,’ नवयुगले भने,‘तर विथ बल ट्रेनिङ गरेको थिइन । चोट त ठिक भइसकेको छ । तर अझै पनि घुँडा खुम्चाउदा चसक्क दुख्थ्यो । प्रशिक्षक र फिजियोले रेस्ट गर्न सल्लाह दिनुभयो । त्यसैले अब केही दिनमा घर जाँदैछु । एक महिना पुरा आराम गर्ने योजना छ ।’

बायाँ घुडाको पछाडिको भागको हड्डीमा दुखाई भएपछि उनले दुई साता आराम गर्नुपरेको थियो । त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दा सानो चोट लागेपछि उनले चिकित्सकलाई देखाएका थिए । चिकित्सकको सल्लाहमा उनले आराम गरिरहेका थिए । गत साता उनको घुँडाको पट्टी खोलिएको थियो ।
यो पटक टोलीमा नभएपछि जुनमा यमनसँग हुने खेलमा भने फर्कनेमा नवयुग आशावादी छन् । ‘यो पटक मिलेन । तर अब अर्को पटक पहिला भन्दा पनि फिट भएर फर्कने छु,’ उनले भने,‘म यहाँ रहेपनि फिलिपिन्सविरुद्धको नतिजाका लागि म टोलीलाई शुभकामना दिन चाहन्छु ।’

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.