3 months ago
September 13, 2025
एजेन्सी – मार्टिन जुबिमेन्दीले पहिलो पटक प्रिमियर लिगमा गोल गर्ने क्रममा २ गोल गरेपछि आज प्रिमियर लिगमा आर्सनलले नटिङ्घम फरेस्टलाई ३-० ले पराजित गरेको छ ।
आर्सनलविरुद्ध फरेस्टका नयाँ प्रशिक्षक एन्ज पोस्टेकोग्लुको पहिलो खेल हार सकियो।
३२ औँ मिनेटमा जुबिमेन्दीले खेलको सुरुवाति गोल गरे।
दोस्रो हाफ सुरु भएको ४७ सेकेन्डमै एबेरेची इजेले तयार पारेको बलमा भिक्टर ज्योकेरेसले गोल गर्दै आर्सनलका लागि आफ्नो पहिलो सुरुवाति खेल सम्झनलायक बनाए।

क्रिस उड र ज्योकेरेस दुवैले पोस्टमा प्रहार गरे, तर खेलमा ११ मिनेट बाँकी हुँदा जुबिमेन्दीले लियान्द्रो ट्रोसरको क्रसलाई हेडमार्फत गोल गर्दै जित पक्का गरे।
लिभरपुलविरुद्ध १–० को हारपछि आर्सनल फेरि जितको बाटोमा फर्किएको छ। ४ खेलबाट ९ अंक जोड्दै आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ५ अंकसहित फरेस्ट ११ औँ स्थानमा छ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]