default_image

3 months ago

September 14, 2025

चेल्सी रोकियो, टोटनहमको जित

294 views

0 Bookmark

एजेन्सी- प्रिमियर लिगमा टोटनहम विजयी भएको छ भने चेल्सी बराबरीमा रोकिए छ। टोटेनहमले वेस्ट हम युनाइटेडलाई ३-० ले हरायो।

ब्रेन्टफोर्डका फाबियो कार्भाल्हो इन्ज्युरी समयमा गोल गरेपछि चेल्सीविरुद्धको रोमाञ्चक लन्डन डर्बी २-२ को बराबरीमा सकियो।

३५औं मिनेटमा केभिन साडेले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाए । तर ६१औं मिनेटमा चोटबाट फर्केका कोल पाल्मरले चेल्सीलाई बराबरी गोल गरे।

८५औं मिनेटमा मोइसेस कैसिडोले गोलमा चेल्सीले २-१ को अग्रता लिएपछि खेल सकिने जस्तो देखिएको थियो। तर, इन्ज्युरी समयको तेस्रो मिनेटम कार्भाल्होले बराबरी गोल गरे।

बराबरीसँगै चेल्सी पाँचौं स्थानमा रह्यो र शीर्षस्थानमा पुग्ने मौका गुमायो। ब्रेन्टफोर्ड ४ खेलमा ४ अंकसहित १२औं स्थानमा छ।

टोटनहम हस्परले वेस्ट हमलाई हराउँदै पुनः जितको बाटो समातेको छ। वेस्ट हमका टोमास सोचेकरातो कार्डपछि करिब आधा खेल १० खेलाडीमा सीमित रह्यो।

खेलको ४७औं मिनेटमा पापे मातर सारले वेस्ट हमको कमजोर डिफेन्सको फाइदा उठाउँदै पहिलो गोल गरे। त्यसको ७ मिनेटपछि सोचेको जोआओ पाल्हिनामाथि गरेको खतरनाक ट्याकलका कारण रातो कार्ड पाए।

५७औं मिनेटमा लुकास बर्गभालले आफ्नो पहिलो प्रिमियर लिग गोल गर्दै स्पर्सलाई २-० को अग्रता दिलाए। त्यसको केही बेरमै मिकी भ्यान डे भेनले थप गोल गर्दै जितलाई सहज बनाए। यो जितसँगै स्पर्स ९ अंकसहित शीर्ष टोली आर्सनलसँग बराबरीमा पुगेको छ ।

त्यसअघि शनिवार न नयाँ खेलाडी निक वोल्टेमाडेको  गोलमा न्यूक्यासल युनाइटेडले वुल्भरह्याम्प्टन वान्डरर्सलाई १–० ले हराएर सिजनको पहिलो जित निकाल्यो ।
अन्य खेलमा बोर्नमाउथले ब्राइटनलाई २-१ ले, फुलहमले लिड्स युनाइटेडलाई १-० ले हरायो। एभर्टन र एस्टन भिल्ला तथा क्रिस्टल प्यालेस र सन्डरल्यान्डले गोलरहित बराबरी खेलेका छन् ‌।

त्यसअघि आकै मार्टिन जुबिमेन्दीले पहिलो पटक प्रिमियर लिगमा गोल गर्ने क्रममा २ गोल गरेपछि आर्सनलले नटिङ्घम फरेस्टलाई ३-० ले पराजित गरेको थियो ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.