default_image

3 months ago

September 14, 2025

बायर्न म्युनिखको जितमा केनको‌ २ गोल

216 views

0 Bookmark

एजेन्सी – हेरी केनले २ गोल गरेको खेलमा बायर्न म्युनिखले नयाँ बढुवा ह्यामबर्गमाथि ५-० को शानदार जित निकालेको छ। यो जितसँगै बायर्न बुन्डेसलिगाको शीर्ष स्थान मजबुत बनाएको छ।

तेस्रो मिनेटमा सर्ज ग्नाब्रीले शक्तिशाली प्रहार गर्दै गोलको खाता खोले। त्यसपछि छैटौं मिनेटमा केनले पास दिएका अलेक्जान्डर पाभ्लोभिचले दोस्रो गोल गरे।

२६औं मिनेटमा ह्यामबर्गका अबुबाका सुमाहोरोले ह्यान्डबल गरेपछि भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा पाएको पेनाल्टीलाई केनले सजिलै गोलमा परिणत गरे।

३३औं मिनेटमा जोशुआ किमिखको फ्रि–किकमा लुइस डियाजले २५ यार्ड टाढाबाट चौथो गोल गरे। दोस्रो हाफमा चेल्सीबाट लोनमा आएका निकोलास ज्याक्सनलाई प्रशिक्षक भिन्सेन्ट कोम्पानीले मैदान उतारे । ६२औं मिनेटमा पुनः केनले गोल गर्दै अन्तर ५-० बनाए।

३२ वर्षीय केनले यसअघि नै बायर्नका लागि ६५ खेलमा ६७ गोल गरिसकेका छन्। यो सिजनमा मात्र उनले ५ लिग गोल गरिसकेका छन्।

तर, सम्भावित नवौं बुन्डेसलिगा ह्याट्रिक बनाउने अवसर भने उनले गुमाए । किनकि गोल गरेपछि केही बेरमै प्रशिक्षक कोम्पानीले केनलाई विश्राम दिए।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.