3 months ago
September 15, 2025
एजेन्सी – बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि ६-० को फराकिलो जित दर्ता गरेको छ।
साविक विजेता टोललीका लागि फर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोव्स्कीले समान २ गोल गरे।
२९ औं मिनेटमा लोपेजले फेरान टोरेसको पासमा पहिलो गोल गरे। त्यसपछि ५३ औं मिनेटमा रासफोर्डको क्रसबाट राफिन्हाले गोल गरे। लोपेजले ५६ औं बक्स बाहिरबाट तेस्रो गोल थपे भने राफिन्हाले ६६ औं मिनेटमा चौथो गोल पूरा गरे।
परिवर्तित लेवान्डोव्स्कीले दानी ओल्मोको पासमा ७६ औण मिनेटमा पाँचौं गोल गरे । त्यसपछि ८६ औं मिनेटमा उनको अर्को गोल सुरुमै अफसाइड लिइयो। तर भिएआर जाँच पछि गोलले मान्यता पायो।
म्यानचेष्टर युनाइटेडबाट ऋणमा गएका इंग्ल्यान्डका स्ट्राइकर मार्कस रासफोर्डले बार्सिलोनाका लागि पहिलोपटक ला लिगामा गोलमा प्रत्यक्ष संलग्नता जनाए। उनले ६७ मिनेट खेले र दुई पटक गोल गर्ने प्रयास असफल भए।
टोरेसले पनि रासफोर्डकै क्रसबाट आएको बलमा पोष्ट लागेर गोल गर्न चुके। नोउ क्याम्प पुनर्निर्माण भइरहेको हुँदा खेल ६ हजार दर्शक क्षमताको योहान क्रुइफ स्टेडियममा खेलाइएको हो। ४ खेलमा १० अंकसहित बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ।
अर्को खेलमा ओसासुनाले रायो भालेसानोलाई २-० ले हरायो। लेभान्ते र रियल बेटिसले २-२ को बराबरी खेले।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]