3 months ago
September 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु १७ च्याम्पियनसिपको दसौं संस्करण श्रीलंकामा आज सुरु हुँदैछ। आज नेपाल र आयोजकबीचको खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य ७ राष्ट्रकै सहभागिता छ।
नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा तथा च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसहित पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्।
यसअघिको ९ संस्करणमा भारतले ६, बंगलादेशले २ र पाकिस्तानले एक पटक उपाधि जितेको छ। सन् २०११ बाट सुरु भएको च्याम्पियन्स कहिले यु १५ र कहिले यु १६ का रुपमा पनि आयोजना भएको छ। योसहित ३ संस्करण लगातार यु १७ को नाममा आयोजना भएको छ।
गत वर्ष बंगलादेशलाई २-० ले हराउँदै भारत छैटौं पटक च्याम्पियन बनेको थियो। यसपटक असोज ११ (सेप्टेम्बर २७ ) सम्म चल्ने प्रतियोगिताको सबै खेल कोलम्बोको रेसकोर्स ग्राउण्डमा हुनेछ । ४ पटक फाइनल खेलेको नेपालले अहिले सम्म उपाधि जित्न सकेको छैन।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]