default_image

3 months ago

September 15, 2025

चितवन गोल्डकप स्थगित

364 views

0 Bookmark

सुशील पन्त क्षेत्री,चितवन

चितवन गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण तत्कालका लागि स्थगित भएको छ ।

आयोजक भरतपुर फुटबल क्लब बिएफसीले आज प्रेस विज्ञप्ति जारी गर्दै असोज ४ गतेदेखि हुने भनिएको प्रतियोगिता तत्कालका लागि स्थगित भएको जानकारी दिएको छ ।

देशको पछिल्लो राजनीतिक घटनाक्रम र केही प्राविधिक तयारी समेत नपुगेकोले तत्कालका लागि प्रतियोगिता स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिक तयारीमा जुटिरहेको बेला देखिएको प्राविधिक समस्या र देशको पछिल्लो अवस्थाका कारण पूर्वनिर्धारित समयमा प्रतियोगिता आयोजना गर्न सम्भव नभएको संयोजक धुर्व भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अवस्था सामान्य भएसँगै नयाँ मिति घोषणा गरेर तयारी जुट्ने पनि भुसालले बताए । यस अघि प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदान हुने तय थियो ।

चितवन गोल्डकप पहिलो पटक त्रिभुवन आर्मी फुटबल क्लब‌‌ र दोस्रो पटक बुटवल लुम्बिनी एफसीले जितेको थियो ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.