default_image

3 months ago

September 15, 2025

साफ यु १७ – नेपालको विजयी सुरुवात

946 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ च्याम्पियनसिपमा नेपालले विजयी सुरूवात गरेको छ। नेपालले आज घरेलु टोली श्रीलंकालाई २-० ले हरायो।

नेपालको जितमा दुबै गोल समिर कुमारले गरे। यो जितले नेपालको सेमिफाइनल सम्भावना बलियो भएको छ।

नेपालले सुरूवात देखि नै दबाब बनायो। पहिलो हाफमा नेपालले गोल गर्ने मौका पनि पायो। तर सदुपयोग गर्न सकेन। समिरले दुई पटक राम्रो मौका चुकाए।

कप्तान इशाक मउफरले पनि पाएको मौका सदुपयोग गर्न सकेनन्। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

खेलको ५२ औं मिनेटमा नेपालले अग्रता बनायो। प्रतिश थापा मगरको क्रसमा समिरको हेडरले सहि दिशा लियो। नेपालले खेलमा १-० को अग्रता बनायो।

श्रीलंका खेलमा फर्कन सकेन। नेपालले खेलको अन्तिम मिनेटमा अग्रता दुगुना बनायो। समिरले बक्सभित्रबाट गोल गरे। यो सँगै नेपालले २-० को जितकासाथ महत्वपूर्ण ३ अंक जोडेको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य ७ राष्ट्रकै सहभागिता छ।

नेपाल, श्रीलंका र बंगलादेश समूह ‘ए’ मा तथा च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसहित पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्।

यसअघिको ९ संस्करणमा भारतले ६, बंगलादेशले २ र पाकिस्तानले एक पटक उपाधि जितेको छ। सन् २०११ बाट सुरु भएको च्याम्पियन्स कहिले यु १५ र कहिले यु १६  का रुपमा पनि‌ आयोजना भएको छ। योसहित ३ संस्करण लगातार यु १७ को नाममा आयोजना भएको छ।

गत वर्ष बंगलादेशलाई २-० ले हराउँदै भारत छैटौं पटक च्याम्पियन बनेको थियो। यसपटक असोज ११ (सेप्टेम्बर २७ ) सम्म चल्ने प्रतियोगिताको सबै खेल कोलम्बोको रेसकोर्स ग्राउण्डमा हुनेछ । ४ पटक फाइनल खेलेको नेपालले अहिले सम्म उपाधि जित्न सकेको छैन।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.