default_image

3 months ago

September 17, 2025

१० खेलाडीका बाबजुद रियलको जित

577 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। १० खेलाडीमा सिमित रहेर खेल अन्त्य गरेको रियलले मार्सेलाई २-१ ले हरायो

पछि परेको खेलमा प्राप्त २ पेनाल्टीलाई केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई जित दिलाए।

खेलको तेस्रो मिनेटमै ट्रेन्ट एलेक्जान्डर-अर्नोल्ड ह्यामस्ट्रिङ चोटका कारण बाहिरिँदा रियल समस्यामा परेको थियो।

त्यसपछि उनको स्थानमा आएका डानी कार्भाहालले ७२औँ मिनेटमा गोलकिपर जेरोनिमो रुलीसँग झगडा गर्दा रातो कार्ड खाएपछि रियल १० खेलाडीमा सिमित भयो।

२२औँ मिनेटमा टिमोथी वेहाले मार्सेलाई अग्रता दिलाए। म मेसन ग्रिनवुडले बल खोसेर‌ दिएको बलमा वेहाले गरेको शक्तिशाली प्रहार थिबो कोर्टोइसले रोक्न सकेनन्।

तर, ६ मिनेटमै जेफ्री कन्डोग्बियाले रोड्रिगोलाई लडाएपछि रियलले पाएको पेनाल्टीमा एम्बाप्पेले गोल गर्दै बराबरी गरे।

मार्सेका पिएर–एमरिक ओबामेयाङले दुई पटक अग्रता लिन मौका पाए । तर पहिलो प्रहार बाहिरियो र दोस्रो प्रहार कोर्टोइसले बचाए।

१० खेलाडी भएपनि रियलले आक्रमण जारी राख्यो। अन्ततः भिनिसियस जुनियरलाई रोक्ने क्रममा मार्सेका फाकुन्डो मेडिनाको ह्यान्ड बल भएपछि ८१ औं मिनेटमा रियलले दोस्रो पेनाल्टी पायो। त्यसलाई पनि एम्बाप्पेले गोलमा परिणत गर्दै रियललाई जित दिलाए।

यो जितसँगै १५ पटकको युरोपियन च्याम्पियन रियलले यसपटक उत्कृष्ट सुरुवात गरेको छ। प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा रियल गत सिजनको कमजोर प्रदर्शन सुधार्ने लक्ष्यमा छ। गत सिजन ११ औं स्थानमा रहेर प्ले अफ खेलेको थियो।

अर्को खेल रियलले ३० सेप्टेम्बरमा कजाकिस्तानको कायराटविरुद्ध खेल्नेछ । मार्सेले आयाक्सको सामना गर्नेछ।

च्याम्पियन्स लिग नतिजा – १६ सेप्टेम्बर २०२५

एथलेटिक क्लब ०–२ आर्सनल

पिएसभी आइन्डोभन १–३ युनियन सेन्ट–गिलोइज

युभेन्टस ४–४ बोरुसिया डर्टमुन्ड

रियल म्याड्रिड २–१ मार्से

बेन्फिका २–३ काराबाग

टोटेनहम १–० भिल्लारियल

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.