3 months ago
September 18, 2025
एजेन्सी – च्याम्पियन्स लिमा बायर्न म्युनिख र इन्टर मिलानले विजयी सुरुवात गरेका छन्। बायर्नले एलिएन्ज एरिनामा चेल्सीलाई ३–१ ले पराजित गरेको छ।
खेलको २० औं मिनेटमा चेल्सीका ट्रेभो चालोबाहको आत्मघाती गोलले बायर्नले अग्रता लियो। २७ औं मिनेटमा हेरी केनले पेनाल्टीमार्फत दोस्रो गोल थपे।
तर दुई मिनेटमै चेल्सीले खेलमा फर्कने प्रयास गर्यो। कोल पाल्मरले गोल गरे। दोस्रो हाफमा प्रशिक्षक भिन्सेन्ट कोम्पानीले रणनीतिमा परिवर्तन गरेपछि बायर्नले अर्को गोल गर्यो । ६३ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोली ३-१ विजयी भएको हो ।
अर्को खेलमा इन्टरले आयाक्सलाई २-० ले पराजित गरेको छ। मार्कस थ्युरामले दुईवटा हेडर गोल गर्दै इन्टरलाई जित दिलाए । थ्युरामले पहिलो गोल ४२ औं र अर्को गोल ४७ औं मिनेटमा गरे।

पिएसजीको फराकिलो जित
साविक विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले विजयी सुरुवात गरेको छ। ४ खेलाडीले गाोल गरेको खेलमा पिएसजीले इटालियन क्लब एटलान्टामाथि ४–० को प्रभावशाली जित निकालेको छ।
पार्क दे प्रिन्समा भएको खेलमा घरेलु टोलीले सुरुवातमै गोल गर्दै दबाब बनायो। खेलको तेस्रो मिनेटमा कप्तान मार्किन्होस ले हेडरमार्फत पहिलो गोल गरे। त्यसपछि ३९ औं मिनेटमा जर्जियन स्टार ख्विचा क्वारात्सखेलिया ले गोल गर्दै अन्तर २–० बनाए।

५१ औं मिनेटमा नुनो मेन्डेस ले सुन्दर प्रहारमार्फत तेस्रो गोल थपे। इन्ज्युरी समयको पहिलो मिनेटमा गोनकालो रामोस ले गोल गर्दै स्कोरलाई ४–० मा पुर्याए।
अर्को खेलमा कप्तान भर्जिल भ्यान डाइकले इन्ज्युरी समयमा निर्णायक गोल गरेपछि लिभरपुलले एट्लेटिको म्याड्रिडलाई ३–२ ले पराजित गरेको हो ।
चौथो मिनेटमै एन्डी रोबर्ट्सनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि मोहम्मद सलाहले अर्को गोल थपेपछि पाहुना टोली २–० ले अघि बढ्यो।

पहिलो हाफको अन्त्यतिर मार्कस लोरटेले एट्लेटिकोका लागि गोल फर्काए। लोरटेले नै ८१ औं मिनेटमा दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।
बराबराी उन्मुख खेलमा कप्तान भ्यान डाइकले कर्नरमा हेडिङमार्फत गोल गर्दै लिभरपुललाई नाटकीय जित दिलाए।

December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]