default_image

3 months ago

September 18, 2025

फुटबल खेलाडी संघको उपाध्यक्षमा अन्जना र महासचिवमा अनन्त मनोनित

1536 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको कार्यसमितिमा रिक्त उपाध्यक्षमा राष्ट्रिय महिला फुटबल टोलीकी अन्जना राना मगर र महासचिवमा राष्ट्रिय पुरुष टोलीका अनन्त तामाङलाई मनोनित गरेको छ।

रिक्त पदाधिकारी र सदस्यमा संघको कार्यसमिति मनोनयनलाई आज बसेको साधारण सभाले अनुमोदन गरेको हो ।

रुपेश केसी, एरिक बिष्ट, अन्जन विष्ट सदस्यमा मनोनित भएका छन्। अनन्त, एरिक र अन्जन व्यवसायिक फुटबल खेल्न हाल बंगलादेशमा छन् ।

यसअघिका उपाध्यक्ष सुजल श्रेष्ठ, महासचिव विशाल राई तथा सदस्य सरोज दाहाल रञ्‍जित धिमाल हाल विदेशमा रहेका कारण ती पद रिक्त थिए। महासचिव मनोनित अनन्त यसअघि सदस्य थिए।

साधारण सभाले संघको विधान पास गरेको छ। त्यसअघि अखिल नेपाल फुटबल संघ( एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले साधारण सभाको उद्घाटन गरेका थिए।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.