default_image

3 months ago

September 18, 2025

फुटबल खेलाडी संघको साधारण सभामा २ अध्यक्ष सम्मानित

427 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले संघ विधान पास गरेको छ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको साधारण सभाले विधान अनुमोदन गरेको हो।

विधानमा ४५ वर्ष मुनिका खेलाडी मात्र साधारण सदस्य रहन सक्ने र व्यवसायिक रुपमा प्रशिक्षणमा सामेल हुने खेलाडीको संघको सदस्यता खारेज हुने वैधानिक व्यवस्था गरिएको संघका अध्यक्ष विक्रम लामाले जानकारी दिए।

त्यस्तै संघको केन्द्रीय परिषदमा ए, बि, सी डिभिजनका खेलाडीलाई पनि मनोनयन गर्ने सकिने विधानमा उल्लेख गरिएको छ। यसअघि सिनियर र जुनियर राष्ट्रिय खेलाडीले मात्र संघको सदस्यता लिन पाउने वैधानिक व्यवस्था थियो।

अब भने सबै खाले फुटबल खेलाडीले सदस्यता लिन पाउने वैधानिक व्यवस्था गरिएको छ। संघले एक महिनाको समय सिमा तोकेर नयाँ सदस्यलाई फारम भर्न आव्हान गरेको छ।

पूर्व अध्यक्ष सम्मानित

संघले आफ्नो पूर्व दुई अध्यक्ष उपेन्द्रमान सिंह र राजेश मानन्धरलाई सम्मान गरेको छ। संघको साधारण सभाको उद्घाटन सत्रमा उनीहरूलाई सम्मान गरिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र संघका अध्यक्ष लामाले उनीहरुलाई सम्मान गरेका हुन्।

एन्फा अध्यक्ष नेम्वाङले फुटबल खेलाडी संघ चलायमान रहेको र खेलाडीको हकहितका लागि क्रियाशील रहेको बताए।

२०६४ देखि एक दशकसम्म संघको नेतृत्व गरेका सिंहले खेलाडीको खेल्न पाउने अधिकारका लागि संघले गरेको दबाबको प्रशंसा गरे। उनले खेलाडीका पक्षमा निर्णय गराउन संघले भूमिका खेल्नुलाई सकारात्मक कदम बताए।

संघका अध्यक्ष लामाले खेलाडीलाई पर्न सक्ने समस्याको समाधानको पहलका लागि संघ सधैं क्रियाशील रहने वचन दिए। खेलाडी संघ एन्फाको सदस्य संस्था हो । संघको पछिल्लो निर्वाचन २०७९ मा भएको थियो। यसअघि मानन्धर संघको अध्यक्ष थिए ।

अन्जना उपाध्यक्ष र अनन्त महासचिवमा मनोनित

फुटबल खेलाडी संघको कार्यसमितिमा रिक्त उपाध्यक्षमा राष्ट्रिय महिला फुटबल टोलीकी अन्जना राना मगर र महासचिवमा राष्ट्रिय पुरुष टोलीका अनन्त तामाङलाई मनोनित गरेको छ। अनन्त यसअघि सदस्य थिए।

रिक्त पदाधिकारी र सदस्यमा संघको कार्यसमिति मनोनयनलाई आज बसेको साधारण सभाले अनुमोदन गरेको हो । रुपेश केसी, एरिक बिष्ट, अन्जन विष्टलाई सदस्य मनोनित भएका छन्। अनन्त, एरिक, अन्जन हाल व्यवसायिक फुटबल खेल्न बंगलादेशमा छन्।

यसअघिका संघका उपाध्यक्ष सुजल श्रेष्ठ, महासचिव विशाल राई तथा सदस्य सरोज दाहाल रञ्‍जित धिमाल हाल विदेशमा रहेका कारण ती पद रिक्त थिए।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.