default_image

3 months ago

September 20, 2025

रियल म्याड्रिडको जितमा एमबाप्पेको गोल

455 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा शत प्रतिशत जितलाई निरन्तरता दिएको छ।

रियलले एस्पानियोललाई २-० ले पराजित गर्दै लिगा सिजनमा लगातार उत्कृष्ट सुरुवातलाई कायम राखेको छ।

घरेलु मैदान बेर्नाबेउमा पहिलो गोल एदर मिलिटाओले २२ औं मिनेटमा टाढाबाट प्रहार गरेको शानदार गोलमा परिणत भएको थियो।

दोस्रो गोल किलियन एम्बाप्पेले दोस्रो हाफको सुरुमै गोलकिपर मार्को दिमित्रोभिचलाई छक्याउँदै गरेका थिए।
भिनिसियस जुनियरले दिएको पासलाई नियन्त्रणमा लिँदै एम्बाप्पेले गोल गरेका हुन् ।

यो सिजनमा सबै प्रतियोगिता गरि एमबाप्पेको सातौँ गोल हो । भिनिसियसले समेत पोस्टमा प्रहार गरेपछि सफलता मिलेन ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.