default_image

3 months ago

September 22, 2025

आर्सनल र म्यानचेस्टर सिटीको‌ बराबरी

329 views

0 Bookmark

एजेन्सी– गेब्रियल मार्टिनेलीले इन्ज्युरी समयको तेस्रो मिनेटमा बराबरी गोल गरेपछि आर्सनलले म्यानचेस्टर सिटीलाई १-१ को बराबरीमा रोकेको छ।

इमिरेट्स स्टेडियममा भएको प्रिमियर लिग खेलमा सिटीले खेलको नवौं मिनेटमै अग्रता लिएको थियो। एर्लिङ हालान्ड सिटीका लागि गोल गरेका हुन्।

तिज्जानी रेजेन्डर्सको सहकार्यमा काउन्टर अट्याकमा हालान्डले गोल गरे । त्यसपछि पेप गार्डियोलाको टोलीले अग्रता जोगाउन सुरक्षात्मक खेल्यो।

दोस्रो हाफमा आर्सनलले बुकायो साका र एबेरेची एजेलाई मैदानमा उतारे पनि तत्काल खेलको लय बदल्न सकेन। तर अन्तिम समयमा एजेले डिफेन्स माथिबाट फालेको पासलाई मार्टिनेलीले बराबरी गोल गर्दै टोलीलाई‌ हारबाट जोगाए ।

बराबरीपछि १० अंका साथ आर्सनल दोस्रो स्थानमा पुगेको छ ।‌ शीर्षस्थानमा रहेको साविक विजेता लिभरपुलभन्दा ५ अंकले पछि छ। ७ अंकसहित सिटी नवौँ स्थानमा छ।

आइतवार नै बोर्नमाउथ र न्युक्यासल युनाइटेडबीचको खेल गोलरहित बराबरीमा सकियो। दुवै टोलीले गोल गर्ने अवसरहरू सिर्जना गरे पनि भएनन्। न्युक्यासल लगातार तेस्रो अवे खेलमा बराबरी खेल्न बाध्य भयो।

यस्तै सन्डरल्यान्ड र एस्टन भिल्लाबीचको खेल १-१ को बराबरीमा टुंगियो। म्याटी क्यासले ६७ औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाए।‌

विल्सन इसिदोरले ७५ औं मिनेटमा सन्डरल्याण्डका लागि बराबरी गोल गरे। रेनिल्डो माण्डाभाले ३३ औं मिनेटमा रातो कार्ड पाएपछि घरेलु टोली सन्डरल्यान्ड १० खेलाडीमा सीमित भयो ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.