3 months ago
September 23, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानको नयाँ सिजनमा पहिलो हार बेहोरेको छ। मार्सेले पिएसजीलाई १-० ले हरायो ।
आइतवार दक्षिण फ्रान्समा आएको आँधीको चेतावनीका कारण खेल स्थगित गरिएको थियो । खेल सुरु भएको पाँच मिनेट मार्सेले अग्रता लियो र त्यसपछि त्यो जोगाउन सफल रह्यो।
क्रसमा आएको बलमा नायेफ अगुएर्द हेड मार्फत गोल गरे। पिएसजी गोलकिपर लुकास चेभालिएर बाहिर निस्किएर बल समाउन चुकेपछि मोरोक्कोका डिफेन्डरले खाली पोष्टमा गोल गरे।
पिएसजीले खेलमा धेरै कब्जा राखे पनि गोल गर्न सकेन।
दोस्रो हाफमा पनि पिएसजीले बलमा नियन्त्रण राख्यो तर मार्सेको बलियो डिफेन्स तोड्न सकेन।
यो जितसँगै मार्सेको घरेलु लिगमा उत्कृष्ट सुरुवात ३ खेलमा लगातार जितसँगै कायम रह्यो। ५ खेलबाट टोलीले ९ अंक जोड्दै छैटौँ स्थानमा उक्लियो। मार्से पिएसजीविरुद्ध घरेलु मैदानमा अन्तिम ६ भेटमा पहिलो पटक गोल गरेको हो।
पिएसजी संयुक्त दोस्रो स्थानमा झर्यो। मोनाको गोलको आधारमा अगाडि रह्यो तर दुवै टोलीको समान १२ अंक छन्। लियोन र स्ट्रासबुर्गको पनि समान अंक छ।
पेरिसमा सोमवार नै भएको ‘ब्यालोन डि’ओर’ समारोहमा धेरै पिएसजी खेलाडी सहभागी हुन सकेनन्। पुरुषतर्फ पिएसजीका ९ खेलाडी नामाङ्कित भएका थिए। पिएसजीका उस्मान डेम्बेलेले ब्यालोन डि ओर जितेका छन्।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]