2 months ago
October 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोटमा नेपाललाई भियतनामले ३-१ ले हराएको छ । यो सँगै नेपालको अघिल्लो चरणको यात्रा निकै कमजोर बनेको छ । छनोटमा नेपालको यो लगातार तेस्रो हार हो ।
खेलको नवौं मिनेटमा घरेलु टोली भियतनामले अग्रता बनायो । ट्रोङ टियन एनको पासमा कमजोर डिफेन्सको फाइदा उठाउँदै न्युगेन हाय लोङले बक्स भित्रबाट गोल गरे ।
तर नेपाल यो अग्रता तोड्न सफल रहयो । १७ औं मिनेटमा रोहन कार्कीको लामो फ्रि-किक प्रहारमा डिफेन्डर सनिश श्रेष्ठको हेडरले सहि दिशा लियो । सनिशको राष्ट्रिय टिमको लागि यो पहिलो गोल हो । साथै भियतनामसँगको तेस्रो भेटमा नेपालले गरेको यो पहिलो गोल पनि हो ।
तर पहिलो हाफको इन्जुरी समयमा नेपाल १० खेलाडीमा समेटियो । डि बक्स नजिकै नेपालका मिडफिल्डर लाकेन लिम्बूले भियतनामका न्युगेन हायलाई फाउल हाने । लाकेनलाई रेफ्रीले रातो कार्ड दिए । पहिलो हाफ १-१ को बराबरीमा सकियो ।
दोस्रो हाफको खेलको ६२ र ६६ औं मिनेटमा गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे। तर त्यसपछि भने भियतनामले ५ मिनेट भित्र २ गोल गर्दै नेपाललाई स्तब्ध बनायो ।
६७ औं मिनेटमा भियतनामका ट्रोङ टियनको कर्नरमा नेपालका मणि लामाले हेडर गरेको बल क्लियर नहुँदा अनमार्क रहेका फाम सुवान मानले गोल गरे । भियतनामले २-१ को अग्रता बनायो।
खेलको ७२ औं मिनेटमा न्युगेन हायले बक्स बाहिरबाट हानेको प्रहारलाई किरणले डाइभ गरेर बचाए रिबाउन्डमा क्लोज रेन्जबाट न्युगेन भान भिले गोल गरे। यतिखेर सनिशले न्युगेनलाई मार्क गर्न सकेनन्।
इन्जुरी समयमा भियतनामको लागि न्युगेन ह्यु मिनले होल गरे । तर रेफ्रीले अफ साइडको झन्डा उठाइदिए। यो सँगै भियतनामले नेपाललाई ३-१ को सहज नतिजामा हरायो ।
नेपाल तेस्रो पटक पनि भियतनामसँग पराजित भयो । यसअघि सन् २००४ को एसियन कप छनोटको नेपालले पहिलो खेलमा ५-० र दोस्रो खेलमा २-० को हार बेहोरेको थियो ।
३ खेलमा नेपाल अंकविहिन छ । यसअघि पहिलो खेलमा लाओससँग २-१ ले र मलेसियासँग २-० ले हारेको थियो। भियतनामले भने ६ अंक बनाएको छ। अब नेपालले असोज २८ गते (अक्टोबर १४ ) भियतनाममै दोस्रो खेल खेल्नेछ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]