2 months ago
October 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन शेर्पा क्लबका
अध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा रहेका ९ वटा क्लबले सहिद स्मारक ए डिभिजन लिग सन्चालनको सुनिश्चितताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सामू ११ बुँदे सुझाव पेश गरेको छ।
होम एन्ड अवेका आधारमा लिगको प्रस्ताव गरिसकेको एन्फाले छलफलका लागि १३ ए डिभिजन टोलीलाई आइतवार बैठक डाकेको छ।
बैठकको अघिल्लो दिन शनिवार पत्रकार सम्मेलनमार्फत एन्फालाई एएफसी क्लब लाइसेन्स सुनिश्चित गर्न र लिग सुरु हुनुअघि क्लबहरूलाई दीर्घकालीन लिजमा होम ग्राउन्ड उपलब्ध गराउन मागसहितको सुझाव क्लबले प्रस्तावका रुपमा अघि सरेको हो ।
‘ए डिभिजन लिग होम एन्ड अवेको प्रस्ताव यसअघिको बैठकमा पुगेपछि थाहा पायौं,’ एन्फाका पूर्व अध्यक्ष समेत रहेका शेर्पाले भने, ‘एन्फाले ए डिभिजन लिग हामीले गराउन खोजेको हो क्लबहरु मानेनन् भन्न सक्छ।’
क्लबहरुले एन्फाले एएफसी क्लब लाइसेन्सिङ नपाएको अवस्थामा एन्फाले होम-एन्ड-अवे ढाँचाको लिग सञ्चालन गर्नुको अर्थ नहुने क्लबका प्रतिनिधिले बताएका छन्।
‘हाम्रो मुख्य माग भनेको एन्फाले सबै क्लबलाई कम्तीमा १० वर्षको लिजमा होम ग्राउन्ड उपलब्ध गराओस्,’ क्लबहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पहिलो केही वर्षमा एन्फाको सहयोगले क्लबहरूलाई दिगो बनाउनेछ र देशको फुटबललाई व्यावसायिकतर्फ लैजानेछ।’
क्लबहरुले विश्व फुटबलको संरचनाजस्तै स्वतन्त्र र सबल लिग समिति गठन गर्न पनि माग गरे। त्यसैगरी क्लबहरुले एन्फालाई प्रायोजक र प्रसारणलाई लिग सुरु हुनुभन्दा १० महिना अघि नै टुङ्गाउने, क्लब-एन्फा सम्झौता ८ महिना अघि गर्न, क्लब दर्ता ६ महिना अघि पूरा गर्न, मैदान निर्धारण तथा निरीक्षण ५ महिना अघि गर्न, खेलाडी दर्ता ३ महिना अघि गर्न तथा लिग सुरु हुनुभन्दा एक वा दुई महिना अघि प्रि-सिजन प्रतियोगिता आयोजना गर्न पनि सुझाव दिएका छन्।
खेल फिक्सिङलाई प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै क्लबहरूले यसलाई नियन्त्रण गर्न सक्षम समिति गठनको आवश्यकता औंल्याएका छन्।
ए डिभिजन लिगको विषयमा क्लबहरूले सर्त सहित खेल्ने बताएको छन्। तत्काल यी सर्तहरू पूरा हुन संभव भने देखिंदैन। जसले गर्दा एन्फाले तोकेको पुस ९ गते लिग हुने संभावना न्यून बनेको छ।
उनीहरूले होम-एन्ड-अवेको आधारमा लिग सञ्चालन विषयमा जानकारी केहि समय अगाडि मात्र पाएको र यो जानकारी बाहेक अहिलेसम्म थप कुराकानी नभएको पनि स्पष्ट पारे।
ए डिभिजन लिग पछिल्लो पटक सकिएको आज ८ सय ५३ औं दिन हो। यति लामो समय बित्दा समेत एन्फा र क्लबहरू सहमतिमा पुग्न सकेका छैनन्। लिग आयोजना अझै अन्योल बनेको छ।
संयुक्त प्रेस विज्ञप्तिमा ए डिभिजनका १४ क्लब मध्ये ३ विभागीय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब) तथा जावलाखेल युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेडका प्रतिनिधिको हस्ताक्षर छैन। विभागीय टोलीको यस्ता कुनै पनि गतिविधिमा यसअघि पनि सहभागिता रहदैन थियो।



December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]