2 months ago
October 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीकी सदस्य प्रीति राई सम्मिलित इत्तिहाद जोर्डनको प्रोफेसनल लिगमा विजयी भएको छ।
नजिरा ओमान एफसीलाई शनिवार ३-१ गोलले हराएसँगै इत्तिहाद लिगको शीर्ष स्थानमा पुगेको छ।खेलको चौथो मिनेटमा गोलको सामना गरेको इत्तिहादले त्यसपछि उत्कृष्ट पुनरागमनका साथ ३ गोल फर्कायो ।
इत्तिहादका लागि मी स्वेलमले ४०औं बराबरी गोल गरिन् । स्वेलमले नै ५८औं मिनेटमा पेनाल्टीमार्फत) गोल गर्दै टोलीलाई अग्रता दिलाइन् ।

प्रीतिले पहिलो रोजाइमा खेलेको खेलको ८७ औं मिनेटमा रोजबहान फ्रेजले गोल गर्दै इत्तिहादको जित पक्का गरिन् ।
यो जितपछि इत्तिहाद १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि टिमले इन्डिपेन्डेन्स र निशामी फुतुरलाई हराएको थियो ।
पहिलो खेलमा अर्थोडक्ससँग बराबरी खेलेको थियो। लिगको आफ्नो चौथो खेलसम्म टोलीले अपराजित यात्रा कायम राखेको छ। इत्तिहादले बिहीवार हुसैन इरबिदसँग प्रतिस्पर्धा गर्नेछ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]