default_image

1 month ago

October 12, 2025

एन्फा र क्लबबीचको बैठक स्थगित

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन फुटबल क्लबसँग आज दिउँसोको लागि तय भएको बैठक स्थगित गरेको छ।

होम-एन्ड-अवेको आधारमा पुस ९ गतेदेखि हुने लिगको विषयमा आज दिउँसो २ बजे एन्फा र ए डिभिजन क्लबबीच बैठक तय भएको थियो।

तर बैठक सुरू हुन करिब ३ घण्टा अगाडि क्लबहरूले दिएको सुझाव र मागहरूका विषयमा आवश्यक तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको एन्फाले पठाएको पत्रमा उल्लेख गरिएको छ।

बैठकका‌ लागि आवश्यक तयारी भने पनि एन्फा कम्प्लेक्सको बाहिर समर्थकहरुले आज आफ्नो विरुद्ध प्रदर्शन गरेपछि एन्फाले बैठक स्थगित गरेको हो। प्रदर्शनका क्रममा एन्फा कम्प्लेक्सको गेट सुरक्षाकर्मी तैनाथ गरिएको थियो।

एन्फाले बैठकको नयाँ मिति तय गरि जानकारी गराउने भनेको छ। हिजो ए डिभिजनका १४ मध्ये ९ क्लब चर्च ब्वाइज युनाइटेड, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब, मछिन्द्र क्लब, जावलाखेल युथ क्लब, एनआरटी , सातदोबाटो युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड क्लब, मनाङ मर्स्याङ्दी क्लब र श्री भगवती क्लबले संयुक्त पत्रकार सम्मेलन गरेर सर्त सहित लिग खेल्न तयार रहेको जनाएको थियो।

क्लबले एएफसी क्लब लाइसेन्स सुनिश्चित गर्न माग गरेको थियो। त्योसहित क्लबले एन्फालाई लिग सन्चालनको लागि ११ बुँदे सुझाव दिएको पनि जनाएको थियो।
एन्फा र क्लबबीच लिगको लागि यसअघिको यसअघि बैठक जेन जी प्रर्दशनपछि उत्पन्न परिस्थितिका कारण स्थगित भएको थियो।

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

Success

Thank you for your time.