2 months ago
October 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध आज सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि फुटबल समर्थकले शान्तिपूर्ण धर्ना प्रदर्शन गरेका छन् ।
पछिल्लो केही वर्षयता नेपाली फुटबलमा देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता विरुद्ध उनीहरूले सामूहिक रूपमा आवाज उठाएको बताएका छन्।
बिहान झन्डै १० बजेदेखि झन्डै एक घन्टा चलेको धर्नामा सहभागी हुनु पर्ने कारण प्रस्ट पार्दै प्रदर्शनकारीले एन्फालाई सुधारका लागि बुदाँगत लिखित सुझाव सार्वजनिक गरेका छन्। सुरक्षाकर्मी एन्फा गेटमा बसेका थिए भने प्रर्दशनकारीले त्यसको केहि अगाडि प्ले कार्डसहित प्रदर्शन गरेका थिए।
‘फुटबल जनताको हो, कुनै व्यक्तिको होइन’ भन्ने नाराका साथ फुटबलमा सुधार, पारदर्शिता, सुशासन र खेलाडीको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । उनीहरूले फुटबलको पुनर्जागरण अब ढिलाइ गर्न नहुने भन्दै एन्फा र सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न आह्वान समेत गरेका छन्।
प्रदर्शनकारीले पछिल्ला ५ वर्षको वित्तीय विवरण, फिफा, एएफसी र फरवार्ड कार्यक्रमका अनुदान, प्रायोजनलगायतका सबै विवरण सार्वजनिक गर्न माग गरेका छन्।

त्यस्तै एन्फाको सबै बैंक स्टेटमेन्ट, खरिद र प्रोजेक्ट बिलहरू खुला गर्नुपर्ने र स्वतन्त्र अन्तर्राष्ट्रिय लेखा परीक्षकद्वारा अडिट गराई त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पनि मागमा उल्लेख छ।
त्यस्तै, विगतका भ्रष्टाचार र नेतृत्वसम्बन्धी निर्णयहरूको जवाफदेहिता सुनिश्चित गर्न पनि उनीहरूले जोड दिएका छन्। ठूला रकम वितरणमा संलग्न अधिकारीहरूको नाम र सम्बन्धित कम्पनीहरूको सूची खुलाउने, सबै कार्यसमितिका सदस्यहरूले सम्पत्ति विवरण पेश गर्ने र विगतका जरिवानाको रकम कहाँ प्रयोग भयो भन्ने स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने विषय पनि उनीहरूको उठाएका छन् ।
घरेलु फुटबल लिग तत्काल सञ्चालन गर्न पनि उनीहरूले जोड दिएका छन्। सहिद स्मारक ए, बी र सी डिभिजन लिगको तालिका, स्थल र बजेट तुरुन्त सार्वजनिक गर्नुपर्नेमा जोड दिदै ३० दिनभित्र पुनःसुरु योजना ल्याउनुपर्ने भनिएको छ। लिग किन ढिलाइ भयो भन्ने कारण र त्यसमा सुधारका उपायहरू पनि सार्वजनिक गर्न उनीहरूको माग छ।

महिला फुटबलमा देखिएको अपारदर्शिताबारे पनि धर्नामा आवाज उठाइएको थियो। राष्ट्रिय टिमको चयन मापदण्ड, प्रशिक्षक नियुक्ति प्रक्रिया, यात्रा र बजेट विवरण सार्वजनिक गर्नुपर्ने र महिला खेलाडी तथा स्टाफका बक्यौता फर्छ्योट गर्नुपर्ने उनीहरूको माग हो। पूर्व खेलाडी र प्रशिक्षकहरूको सहभागितामा स्वतन्त्र समीक्षा समिति गठन गर्न पनि आग्रह गरिएको छ।
प्रदर्शनकारीले एन्फा नेतृत्वलाई पारदर्शिता, जवाफदेहिता र सुधारका ठोस कदम तत्काल चाल्न आग्रह गर्दै नेपाली फुटबललाई पुनःविश्वसनीय वातावरण बनाउन माग गरेका छन्।
आवश्यक तयारी भने पनि समर्थकहरुले आफ्नो विरुद्ध प्रदर्शन गरेपछि एन्फाले आज एक डिभिजन क्लबसँग राखेको बैठक स्थगित गरेको छ ।


December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]