default_image

4 weeks ago

October 14, 2025

‘फुटबल संकटमा पर्नुमा एन्फा दोषी’ – खेलाडी संघ

594 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले एन्फा नेतृत्वको गैर जिम्मेवारीका कारण घरेलु फुटबलमा अहिले चरम संकट देखिएको बताएको छ।

खेलाडी संघले भनेको छ, ‘ अहिले पनि देशमा वा विदेशमा फुटबलका धेरै समर्थक छन् । तर, मुख्यतः नेतृत्व कै कारण फुटबल माथि समर्थकहरुको विश्वास विस्तारै टुट्न थालेको केहि वर्ष भयो । ‘

फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले मंगलवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ कुनै पनि देशको फुटबल लिग कति चलायमान हुन्छ त्यसका आधारमा राष्ट्रिय टोलीको निर्माणको लागि प्रतिस्पर्धा हुनेछ। तर दुर्भाग्य पुरुषतर्फको सहिद स्मारक ए डिभिजन लिग पछिल्लो पटक आयोजना भएको ८ सय ५० भन्दा बढि भइसकेको छ। महिला र उमेर समूह केही प्रतियोगिता भइरहेको छ। त्यसका आधारमा नेपाल फुटबल चलायमान छ भनियो भने त्यसले गलत ठाउँमा पुर्याउने छ। पछिल्लो नेतृत्व अवधि अब एक वर्ष पनि छैन । यो कार्यकालमा एक पटक मात्र ए डिभिजन लिग हुनु खेलाडी र समर्थक माथि अन्याय हो । त्यसअर्थ अहिले नेतृत्व फुटबल माथि अन्याय गरेको छ।’

खेलाडी संघ एन्फाको काम गर्ने तौर तरिकामा सहमत हुन नसक्ने उल्लेख गर्दै संघले भनेको छ, ‘ घरेलु फुटबलको मेरुदण्ड मानिने लिग गर्न नसक्नेहरुले नेतृत्वमा बसिरहनु नैतिकताले पनि मिल्दैन। तपाईहरुका कारण समर्थकको फुटबल प्रति हेर्ने नजर निराशा र आक्रोशमा बदलिदै गएको तपाईंहरुले पनि महसुस गर्नु पर्ने हो । तर त्यसका लागि इमान्दार हुनुपर्छ। कुनै पक्ष हुँदा कि राम्रो कि नराम्रो मात्र देखिन्छ। अहिले फुटबल नेतृत्व एन्फा कार्यसमितिमा त्यो समस्या छ। ‘

लिग नभएपछिको अवधिमा १ सय भन्दा बढी (त्यसको आधिकारिक तथ्यांक सायद एन्फा सँगै नै छैन) व्यवसायिक फुटबल खेलाडी रोजगारीको लागि बाहिरिएका जनाउँदै घरेलु फुटबलको पछिल्लो ३ वर्षमा परिचित अधिकांश खेलाडी देश बाहिर गएको, रोजगारीका लागि जान बाध्य हुनुको मुख्य कारण एन्फा नेतृत्वले दिलाउन नसकेको विश्वास नै मुख्य कारण भएको संघको ठम्याई छ।

खेलाडी संघले विगतदेखि नै समय समय ज्ञापन पत्र दिएर एन्फा नेतृत्वको ध्यानाकर्षण गराउने गरेको स्मरण गर्दै खेलाडी संघले त्यसरी एन्फा नेतृत्वलाई लिगका लागि गम्भीर हुन आधा दर्जन भन्दा बढी ध्यानाकर्षण गराएको थियो। तर नेतृत्वले ओठे जवाफ दिने बाहेक गम्भीरतापूर्वक विषयलाई सम्बोधन नगरेको आरोप लगाएको छ।

‘एन्फा क्लब खेल्न तयार छैन र क्लब एन्फा लिग गराउन तयार छैन भन्ने भाष्य निर्माणको लागि प्रयास भइरहेको देखिन्छ। क्लबहरुलाई खेलाडीप्रति जिम्मेवार बनाउनु पहिला दायित्व एन्फाकै हो । क्लब भन्दा बढि एन्फा नै अहिलेको अवस्थाको जिम्मेवार हो । खेलाडी संघलाई निर्वाचनका विषयमा प्रयोग गर्न सक्ने एउटा सदस्य संस्थाका रुपमा मात्र हेरिएको प्रष्ट छ, विज्ञप्तिमा भनिएको छ, ‘ तर खेलाडीको हक हित बाहेक अन्यमा विषयमा धेरै ठूलो चासो नेतृत्वलाई विगत देखिनै छैन। एन्फामा रहेका अनेक विभागले काम गरेको भए दोष सबै नेतृत्वमा मात्र जादैन थियो । एन्फा निर्वाचित हुनु वा कुनै जिम्मेवारी पाउनु भनेको सकेको जति आफ्ना वा नजिककालाई फाइदा पुर्याउनु हो भन्ने नै देखिन्छ। त्यसका थुप्रै उदाहरण एन्फामा छन् ।’

भदौको २३ र २४ गतेको जन्जी प्रर्दशनले नेपालको पार्टी राजनीतिको नक्सा बदलिएको छ। फुटबलमा पनि परिवर्तन आवश्यक छ भन्दै असोज २६ गरते समर्थकको एक समूहले गेट अगाडि गरेको प्रर्दशनले एन्फा नेतृत्व डराएर एक कदम पछि हटेको संघको बुझाइ छ।

प्रदर्शनकै कारण त्यस दिनका लागि तय ए डिभिजन क्लबसँगको बैठक रोक्नुको चित्त बुझ्दो जवाफ एन्फाले दिएको नसकेको संघ ले बताएको छ।
खेलाडी संघले विगतमा उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको भए नेपाली फुटबलमा अहिलेको जस्तो अवस्था सायद आउने संघको अनुमान छ।

‘फुटबल राम्रो होस् भन्ने हक स्टेक होल्डरसँगै समर्थकको पनि छ। दर्शक विनाको नेपाली फुटबल कल्पना गर्न सकिन्न। त्यसैले समर्थक पनि स्टेक होल्डर हुन्, संघको सुझाव छ, ‘यदि अहिले नेतृत्व साच्चै परिस्थिति प्रति गम्भीर हो भने आउने ६ महिना कार्यान्वयन गर्न सक्ने योजना लिएर अघि बढ्छ भने स्टेक होल्डर सबैसँग सहकार्यका लागि खेलाडी संघको आवश्यकता देखिन्छ भन्ने संघ तयार छ।’

खेलाडीलाई केन्द्र राखेर गरिने प्रस्तावमा संघ सहकार्य गर्न तयार रहेको जनाउँदै संघले अन्य विषय दीर्घकालीन योजनासहित अघि बढ्न पर्छ र फुटबल प्रतिको गुमेको विश्वास थोरै भएपनि फर्काउन सकिन्छ भन्नेमा आशा गरेको छ।

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

November 10, 2025

मिनाको गोलमा पुलिस झापा गोल्डकप च्याम्पियन

दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]

November 10, 2025

नव जागृतीको पहिलो र काक्रेविहारको दोस्रो जित

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]

Success

Thank you for your time.