default_image

2 months ago

October 14, 2025

नेपाल भियतनामसँग फरि पराजित, छनोटको संभावना सकियो

940 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोटको दोस्रो लेगमा पनि नेपाल भियतनामसँग १-० गोल अन्तरले पराजित भएको छ। लगातरको चौथो हारमा नेपालको छनोट यात्रामा पूर्ण विराम लागेको छ।

भियतनाममा आज भएको खेलको पाँचौ मिनेटमा नै भियतनामले अग्रता बनायो। नेपालका डिफेन्डर सुमन श्रेष्ठले आत्मघाती गोल गरे। ट्रोङ् टाएनलेको कर्नरमा नुयन हिउले हानेको बल सुमनको खुट्टामा लागेर गोलमा परिणत भयो। यही गोलमा भियतनामले पहिलो हाफमा १-० को अग्रता बनायो।

नेपाल विरुद्ध घरेलु टोली भियतनामले दोस्रो हाफमा पनि दबाब बनायो। तर पाएको मौकालाई सदुपयोग गर्न सकेन। नेपालले पनि ८५ औं मिनेटमा गोल गर्ने मौका गुमायो। दिनेश हेन्जानले क्लोज रेन्जबाट हानेको प्रहार आकाशियो। भियतनामले पनि थप गोल गर्न सकेन्। खेल १-० ले जित्दै भियतनाम महत्वपूर्ण ३ अंक जोड्न सफल रहयो।

आजको खेल भारी वर्षाको कारण आधा घन्ट ढिला सुरू भएको थियो। आज नेपालका रोहित चन्दले १ सयौं अन्तर्राष्ट्रिय खेल खेले।

नेपाल पहिलो लेगमा भियतनामसँग ३-१ ले हारेको थियो। नेपाल भियतनामसँग चौथो भेटमा चौथो पटक नै पराजित भएको छ। यसअघि नेपाल पहिलो खेलमा लाओससँग २-१ ले र मलेसियासँग २-० ले हारेको थियो।

ग्रुप ‘एफ’ मा शीर्षस्थानमा रहेको मलेसियासँग १२ अंक रहेको छ। भियतनाम ९ अंक सहित दोस्रो स्थानमा छ। लाओससँग ३ अंक छ भने नेपाल अंक बिहिन छ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.