default_image

4 weeks ago

October 19, 2025

म्यानचेस्टर युनाइटेडसँग लिभरपुल पराजित

563 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतवार ठूलो सफलता प्राप्त गरेको छ । युनाइटेडले लिभरपुललाई २-१ ले हराएको छ।

युनाइटेडले सन् २०१६ जनवरीपछि पहिलोपटक एनफिल्डमा जित दर्ता गरेको हो । लिभरपुलले लगातार ३ प्रिमियर लिग खेलमा पराजय व्यहोरेको छ ।

लिभरपुलले ४ सय दिनपछि पहिलोपटक घरेलु मैदानमा पराजय भोगेको छ। ह्यारी म्याग्वायरको निर्णायक गोलमा युनाइटेडले प्रिमियर लिगमा लगातार दोस्रो खेलमा जित निकाल्यो ।

ब्रायन एम्बुएमोले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। लिभरपुलले बराबरीको खोजीमा निरन्तर दबाब बनायो । कोडी ग्याक्पोको तीन पटकको आक्रमणमा बल पोस्टमा ठोक्कियो।

तर डच फरवार्ड ग्याक्पो ले खेलको सकिन १२ मिनेट बाँकी हुँदा गोल गर्न सफल भए । १-१ मा पुर्‍याए। तर अन्तत म्याग्वायरले ८४ औं मिनेटमा हेड मार्फत गोल गर्दै महत्वपूर्ण जित दिलाए ।

८ खेलमा १३ अंकसहित युनाइटेड अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ। युनाइटेड भन्दा २ अंक बढि रहेको लिभरपुल चौथो स्थानमा छ।

१९ अंकसहित आर्सनल शीर्ष स्थानमा छ। अर्को खेलमा एस्टन भिल्लाले टोटनहमलाई २-१ ले हराएको छ।

November 13, 2025

रोहितको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको‌ मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको‌ ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

November 13, 2025

जोर्डन कपमा इत्तिहादको जित- प्रीतिको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका‌ लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]

Success

Thank you for your time.