default_image

3 weeks ago

October 21, 2025

त्रिदेशीयपछि नेपालले अर्को मैत्रीपूर्ण पनि खेल्ने

1365 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितापछि मैत्रीपूर्ण फुटबल पनि खेल्ने भएको छ।

भारतको सिलोङमा नेपाल, भारत र इरानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ। सुरुमा भारतसँग सिलगुढीमा मैत्रीपूर्ण खेल हुने भनिएपनि पछि इरानसहित सिलोङमा त्रिदेशीय मैत्रीपूर्ण खेल हुने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको थियो।

नेपालले कात्तिक ७ गते इरान र कात्तिक १० गते भारतसँग मैत्रिपूर्ण खेल‌ खेल्नेछ। त्यसपछि नेपाल र भारतबीच कात्तिक १३ गते मैत्रीपूर्ण खेल हुने भएको छ।

त्रिदेशीय मैत्रीपूर्ण फिफा विन्डोमा परेको छ। नेपाल र भारतबीच कात्तिक १३ गते हुने पछिको खेल फिफा इन्डो भित्रको होइन।

नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ। व्यवसायिक फुटबलका लागि देश बाहिर रहेका खेलाडी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, गोलकिपर एन्जिला तुम्बापो सुब्बा, पूजा राना र प्रीति राई स्वदेश फर्किसकेका छन्।

साम्बा न्युजिल्याण्ड, एन्जिला भारत, पूजा भुटान र प्रीति जोर्डनबाट स्वदेश फर्केका हुन्। एन्फाले आज टोलको बिदाइ गर्दैछ।

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

November 10, 2025

मिनाको गोलमा पुलिस झापा गोल्डकप च्याम्पियन

दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]

November 10, 2025

नव जागृतीको पहिलो र काक्रेविहारको दोस्रो जित

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]

Success

Thank you for your time.