default_image

2 months ago

October 23, 2025

रियल म्याड्रिडको जित

669 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगमा रियल म्याड्रिडले युभेन्टसलाई १–० ले हराएको छ। खेलमा पूर्ण नियन्त्रण बनाएपनि रियलले गोलका लागि संघर्ष गर्नुपर्यो।

पहिलो हाफमा धेरै अवसर पाए पनि रियलले गोल गर्न सकेन। ५७ औं मिनेटमा जुड बेलिङह्यामले भिनिसियस जुनियरको प्रहारबाट आएको रिबाउन्डमा गोल गर्दै जित निश्चित गरे।

केलियन एमबाप्पे र ब्राहिम डियाजले पनि गोलका लागि प्रयास गरेपनि सफल भएन । अन्त्यतिर राउल एसेन्सियो घाइते भए। एल क्लासिको अघि रियलले जित निकालेको छ । अघिल्लो दिन बार्सिलोनाले पनि सानदार जित दर्ता गरेको थियो।

बुधवार च्याम्पियन्स लिगका अन्य खेलमा लिभरपुलले इस्ट्रयाक्ट फ्र्यान्कफर्टलाई ५-१ ले, बायर्न म्युनिखले क्लब ब्रुगलाई ४-० ले, चेल्सीले आयक्सलाई ५-१ ले हराएको छ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.