default_image

3 weeks ago

October 25, 2025

सन्डरल्यान्डसँग चेल्सी पराजित

216 views

0 Bookmark

एजेन्सी – सन्डरल्यान्डले आज चेल्सीलाई २-१ ले हराउँदै प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ।

खेलको निर्णायक गोल चेहम्सडिन टाल्बीले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरे। उनको गोलसँगै सन्डरल्यान्डले जित पक्का गर्‍यो।

खेलको चौथो मिनेटमा एलेजान्द्रो गर्नाचोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । यो उनको चेल्सीका लागि पहिलो गोल पनि हो। तर त्यसपछि २२ औं मिनेटमा विल्सन इसिडोरले बराबरी गोल गरे।

दोस्रो हाफमा दुबै टोलीले अवसर खोजे पनि अन्तिम समयमा टाल्बीको गोलले सन्डरल्यान्डलाई नाटकीय जित दिलायो।

सन्डरल्यान्डको अंक १७ पुगेको छ । १ खेल कम खेलेको शीर्ष स्थानको आर्सनलको भन्दा सन्डरल्यान्डको २ अंक कम हो। चेल्सी सातौं स्थानमा झरेको छ।

आजका अन्य खेलमा न्युक्यासलले फुलहम‌ तथा लिड्सले वेस्ट हमलाई समान २-१ ले हराएको छ।

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

Success

Thank you for your time.