default_image

3 weeks ago

October 26, 2025

सिटी स्तब्ध, आर्सनल थप मजबुत

330 views

0 Bookmark

एजेन्सी – एस्टन भिल्लाले प्रिमियर लिगमा उच्च प्रदर्शन जारी राख्दै आज म्यानचेस्टर सिटीलाई १-० ले हराएको छ।

भिल्ला पार्कमा भएको खेलमा डिफेन्डर म्याटी क्यासले १९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

यो जितसँगै एस्टन भिल्लाले लगातार चौथो जित हासिल गरेको छ। प्रशिक्षक युनाई एमरीको टोलीले खेलभर मजबुत डिफेन्स गर्दै सिटीका स्टार खेलाडीलाई रोक्न सफल भयो।

सिटीका एर्लिङ हालान्डले केही राम्रो अवसर पाए पनि गोल गर्न सकेनन्। उनले पछि गरेको गोल अफसाइडका कारण रद्द भयो।

सिटी अगस्टको अन्त्यदेखि अपराजित थियो। तर भिल्लासँग हारपछि उसको नौ खेलको अपराजित यात्रा टुंगिएको छ।

यो जितपछि एस्टन भिल्ला तालिकाको सातौँ स्थानमा पुगेको छ। जबकि सिटी चौथो स्थानम छ।
अब सिटी शीर्ष स्थानमा रहेको आर्सनलभन्दा ६ अंकले पछि परेको छ।

आर्सनलले यसअघि क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको थियो। एबरेची एजेले ३९ औं मिनेटमा गरेको गोल‌मा आर्सनल शीर्ष स्थान थप मजबुत भएको छ।

अन्य खेलमा बर्नलीले वल्भ्सलाई ३-२ ले र बोर्नमाउथले नटिङघम फरेस्टलाई २-० ले हराएको छ। बोर्नमाउथ १८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। बोर्नमाउथको भन्दा आर्सनलको ४ अंक बढि छ।

November 13, 2025

रोहितको गोलमा नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको‌ मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बङ्गलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली बङ्गलादेश विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्स बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो गोल हो। लगतै बङ्गलादेशका […]

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

November 13, 2025

जोर्डन कपमा इत्तिहादको जित- प्रीतिको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका‌ लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]

Success

Thank you for your time.