default_image

3 weeks ago

October 26, 2025

‘एल क्लासिको’ मा रियल म्याड्रिडको जित

2690 views

0 Bookmark

एजेन्सी – एल‌ क्लासिकोमा यस पटक रियल म्याड्रिडले सफलता प्राप्त गरेको छ । प्रतिस्पर्धा खेलमा रियलले बार्सिलोनामाथि २-१ को रोमाञ्चक जित निकाल्यो ।

सान्टियागो बेर्नाबेउमा भएको यो खेलमा केलियन एमबाप्पे र जुड बेलिङ्घमका गोलले रियल विजयी भयो ।

२२ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे। फर्मिन लोपेजले ३९ औं मिनेटमा बराबरी गोल गरे। मार्कस रासफोर्डको क्रसमा उनले गोल गरे ।

४३ औं मिनेटमा बेलिङ्घमले नजिकबाट गरेको गोल खेलको निर्णायक बन्यो । भिनिसियस जुनियरको क्रसलाई मिलियटोले हेड मार्फत मिलाई दिएपछि बेलिङ्घमले सहजै गोल गरे ।

५२औं रियलले अन्तर बढाउने मौका गुमायो । एमबाप्पेको पेनाल्टीलाई बार्सिलोनाका गोल किपरले रोके । त्यसअघि १२ औं मिनेटमा एमबाप्पेको होमलाई भिएआर जाँच पछि अमान्य गरिएको थियो।

बार्सिलोनाले १० खेलाडीमा खेलको अन्त्य गर्यो । इन्ज्युरी समयको १०औं मिनेटमा पिर्दीले दोहोरो पहेलो कार्ड पाएका थिए।

यो सिजनको पहिलो क्लासिकोमा सुरुदेखि अन्त्यसम्म खेल रोमान्चक रह्यो । खेल समाप्त भएपछि दुवै टोलीका खेलाडीहरूबीच केही तनावपूर्ण अवस्था रह्यो ।जसले भिडन्तलाई झन् नाटकीय बनायो।

जितपछि २७ अंकसहित शीर्ष स्थानको रियलले बार्सिलोनालाई‌ ५ अंकले पछि परेको छ। अन्य खेलमा भिल्लारियलले भ्यालेन्सियालाई २-० ले हरायो । मालोर्का र लेभान्तेले १-१ को बराबरी खेले।

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

November 13, 2025

जोर्डन कपमा इत्तिहादको जित- प्रीतिको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका‌ लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]

November 13, 2025

नेपाल र बंगलादेश खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]

Success

Thank you for your time.