1 month ago
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आज भारतको सामना गर्दैछ।
सिलोङको जवाहरलाल नेहरु रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।
यो खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ। किनकी प्रतियोगीतामा इरान च्याम्पियन बनिसकेको छ।
इरानले नेपाल ३-० र भारतलाई २-० हराउँदै च्याम्पियन बनेको हो। त्यसैले दुई चिरप्रतिद्वन्द्वी भारत र नेपाल आज प्रतिष्ठाको लागि मैदानमा उत्रनेछन्।
उपाधि इरानले जितिसकेको कारण यो खेलको नतिजाले कुनै असर गर्दैन । तर नेपाल र भारतबीचको खेल प्रतिष्ठासँग जोडिएको हुन्छ।
करिब एक वर्ष अगाडि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले अत्यन्त रोमाञ्चक खेलमा भारतलाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको थियो। सो खेलपछि भने आज नेपाल भारतको घरेलुु मैदानमा उत्रदैछ।
यसअघि नेपाल र भारतबीच १८ खेल खेलेको छ। भारतले ११ खेल जित्दा नेपालले मात्र ३ खेल जितेको छ। ४ खेल भने बराबरीमा सकिएको छ।
तथ्याङ्कमा भारत बलियो देखिए पनि पछिल्लो ३ खेलमा नेपाललाई भारतले हराउन सकेको छैन । त्यसैले पनि भारत विरुद्धको यो जितको सिलसिलालाई निरन्तरता दिन आजको खेल महत्वपूर्ण रहनेछ।
नेपाल इरानसँग भने ३-० ले हारेको थियो। नेपालले सो खेलमा ८ मिनेट भित्र ३ गोल खाएको थियो। त्यसैले सो खेलको पिडालाई मेटाउन भएपनि नेपाललाई आज जित निकाल्न जरूरी छ।
साथै भारत पनि घरेलु भूमिमा जित सहित त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको अन्त्य सुखद गर्न चाहन्छ। आजको खेल फिफा विन्डोमा रहेको छ। नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल बिहिवार सिक्किम हुनेछ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]