default_image

1 month ago

October 27, 2025

साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित

1820 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चिर प्रतिद्वन्दी भारतलाई उसको घरेलु मैदानमा २-१ ले हराएको छ।

नेपालको जितमा दुबै गोल कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले गरिन्। भारतको लागि करिश्मा पुरूषोक्तम सिरभोएकरले सान्त्वना गोल गरिन्।

सिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेलको दोस्रो मि‌नेटमा साम्बाले उत्कृष्ट गोल गरिन्। डिफेन्डर विमला विकेको लामो पासमा साम्बाले गोलकिपर पानमथोई छानुसँगको वान भर्सेज वानमा गोल गरिन्। नेपालले सुरुमै १-० को अग्रता बनायो।

खेलको १४ औं मिनेटमा भारतको प्रयासमा गोलकिपर अन्जना राना मगर बाधक बनिन्। रतनबालाले बक्स बाहिरबाट हानेको उत्कृष्ट प्रहारलाई अन्जनाले पन्च गरेर बचाइन्। ४३ औं मिनेटमा साम्बाले पाएको मौकामा भारतीय गोलकिपर बाधक बनिन्। पहिलो हाफ १-० को नतिजामा सकियो।

भारत खेलमा फर्कन सकेन। नेपालले ६३ औं मिनेटमा अग्रता दुगुना गर्यो। करिब २५ यार्ड टाढाबाट साम्बाले हानेको फ्रि-किक प्रहार आकर्षक गोलमा परिणत भयो। नेपालकी गोल मसिन साम्बा यो ६६ औं अन्तर्राष्ट्रिय गोल हो। नेपाल २-० को स्पष्ट अग्रता बनाउन सफल रहयो।

७९ औं मिनेटमा रेखा पौडेललाई रिप्लेस गर्दै मिना देउवाले राष्ट्रिय टोलीबाट डेब्यु गरिन्। यता ८१ औं मिनेटमा भारतले एक गोल फर्कायो। फ्रि लिकमा आएको बलमा करिश्माले गोल गरिन्।

खेल २-१ को रोमाञ्चक मोडमा पुग्यो। त्यसपछि थप गोल भएन्। नेपाल २-१ को जित हात पान सफल रहयो। नेपालले भारतलाई हराएको यो चौथो पटक हो।‌

इरान लगातारको दोस्रो जितमा च्याम्पियन बनिसक्दा यो नतिजामा नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको अन्त्य सुखद गरेको छ।

घरेलु टोली भारत भने दुवै खेलमा पराजित हुन पुग्यो। इरान र भारत दुवै एएफसी महिला एसियन कप छनोट भएका टोली हुन्।‌

भारतविरुद्ध आजको खेलका लागि आज प्रशिक्षक नविन न्यौपानेले टोलीमा ३ परिवर्तन गरेका थिए। गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना, हिराकुमारी भुजेलको स्थानमा मनमाया नेपाली र निशा थोकरको स्थानमा दीपा शाहीले सुरुवाती ११ मा स्थान बनाएका थिए।

यसअघि इरानले नेपाललाई ३-० र भारतलाई २-० ले हराएको थियो। अब नेपालले सिकिममा भारतसँग मैत्रिपूर्ण खेल खेल्नेछ।

प्रशिक्षक न्यौपानेको लागि पनि आजको जित महत्वपूर्ण रहयो। महिला राष्ट्रिय टोली सम्हालेको दोस्रो खेलमा उनको यो पहिलो जित हो।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.