default_image

1 month ago

November 1, 2025

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा, कानुनी उपचारमा जाने

483 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्बन गरेको छ ।

एन्फा कार्यसमितिको शुक्रवार बसेको आपतकालीन भिडियो कन्फेरेन्स बैठकले खड्कालाई आगामी साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको एन्फाले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

करिब दुई साताअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका थिए। तर महासचिव राईले नै खड्कामाथि अनुशासन सम्बन्धी कारवाहीको प्रस्ताव राख्दै आज दिउँसो १ बजेका लागि आपतकालीन बैठक बोलाएका थिए।

वैधानिक अधिकार नभएका खड्काले संघको लेटरहेड, छाप, चलानी नम्बर दुरुपयोग गरी एन्फाको महासचिव निलम्बनको दुस्प्रचार गर्ने कार्य गरेको, संघको पदाधिकारीहरुलाई निराधार गाली, गलोज तथा एएफसी र अन्य निकायहरुमा इमेल तथा पत्रचार गरी पटक पटक संघको विधान विरुद्धको गतिविधी गरेको लगायतका आरोप सहित एन्फाको धारा ३८ को १४ बमोजिम निलम्बन गरिएको एन्फाले जनाएको छ।

निलम्बनपछि खड्काले यो बैठक र निर्णय विधि र विधान विपरित गरिएको भन्दै आफू केहि दिनमा नै कानुनी उपचारमा जाने हाम्रो खेलकुद डटकमलाई बताए। उनले लिग आयोजना सम्बन्धि साधारण सभाको निर्णयलाई महासचिव किरण राईले उल्टाउन नपाउने र त्यो निर्णय गर्ने अधिकार उनीसँग नभएकोले उनलाई कारबाही गरेको दोर्याए।

एक घण्टा अगाडि बैठक बोलाउनु पनि गलत रहेको भन्दै अध्यक्ष पंकज विक्रम नेम्वाङले महासचिव राईलाई बचाउन गलत निर्णय गरेको पनि खड्काको आरोप छ। उनले आजको बैठक र निर्णयलाई गैर कानुनी भनेका छन्।

अध्यक्ष देश बाहिर रहँदा स्वतः वरिष्ठ उपाध्यक्ष कार्यवाहक हुने एन्फाको विधान अनुरुप खड्काले महासचिव राईलाई कारबाही गरेका थिए। यो लगत्तै एन्फाले उनलाई स्पष्टीकरण सोधेको थियो। खड्काले अध्यक्ष नेम्वाङलाई हिजो स्पष्टीकरण बुझाएको बताए। स्पष्टीकरण बुझाए लगतै एन्फाले खड्कालाई आज कारबाही गरेको हो।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.