default_image

2 weeks ago

November 1, 2025

म्यानचेस्टर युनाइटेडले दोस्रो स्थानमा पुग्ने मौका गुमायो

567 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको‌ दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। युनाइटेडले आज नटिङ्घम फरेस्टसँग २-२ को बराबरी खेलेको छ ।

८१ औं मिनेटमा अमादले शानदार भलि गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए। दोस्रो हाफको सुरुवातमा लगातार २ गोल खाँदै युनाइटेड पछाडि परेको थियो।

३४ औं मिनेटमा कासेमिरोले हेडरमार्फत युनाइटेडलाई १-० को अग्रता दिलाएका थिए। तर फरेस्टका मोर्गन गिब्स–ह्वाइटले ४८ औं र त्यसको २ मिनेटपछि निकोलो साभोनाले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

अन्त्यतिर अमादले उत्कृष्ट प्रहार गरेपछि खेल बराबरीमा टुंगियो। यो नतिजासँगै युनाइटेड (१७ अंक) तालिकामा एक स्थान उक्लिँदै पाँचौं स्थानमा पुगेको छ।

फरेस्ट भने १८औं स्थान यथावत । बर्नलीभन्दा ४ अंकले पछाडि छ। फरेस्टले यो सिजनको पहिलो खेलपछि कुनै खेल जितेको छैन।

शनिवारको अन्य खेलको नतिजा/ अंक तालिकाको शीर्ष १० टोली 

November 13, 2025

रोहितको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको‌ मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको‌ ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

November 13, 2025

जोर्डन कपमा इत्तिहादको जित- प्रीतिको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका‌ लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]

Success

Thank you for your time.