default_image

2 weeks ago

November 3, 2025

मिना चम्किँदा पुलिसको सानदार जित

1248 views

0 Bookmark

हिमाल खरेल / दिपक बोहोरा, झापा

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सुरु भएको एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले उच्च प्रदर्शन गर्दै पहिलो जित हासिल गरेको छ ।

पुलिसले आज एकतर्फी नतिजा निकाल्दै अर्को ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८-० ले पराजित गर्दै सेमिफाइनलमापुगेको छ ।

पुलिसका लागि मिना देउवाले अविश्वसनीय प्रदर्शन गर्दै ५ गोल गरिन् भने रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् ।

पहिलो हाफमा सावधान र संयमित रूपमा खेल्दै आक्रमणको लय खोजिरहेको पुलिसले ३७औँ मिनेटमा गोलको खाता खोल्यो । राष्ट्रिय टोलीमा हालै मात्र डेब्यु गरेकी मिनाको क्रसमा रेखाले उत्कृष्ट फिनिस गर्दै टोलीलाई अग्रता दिलाइन् ।

दोस्रो हाफमा पुलिसले खेलमा पूर्ण नियन्त्रण कायम गर्‍यो । खेलको ५१औँ मिनेटमा चर्चका डिफेन्डर र गोलकिपरबीच तालमेलको कमीले मिनालाई सहज अवसर दिलायो, जसलाई उनले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि भने मैदान मिना र रेखाको शोमा परिणत भयो ।

मिनाले ५९औँ, ६२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि उनले ६८औँ र ८१औँ मिनेटमा गोल थप्दै व्यक्तिगत ५ गोल गरिन् ।

रेखाले  ८०औँ मिनेटमा ३० यार्डको दूरीबाट गरिएको सानदार प्रहारमार्फत गोल गर्दै चर्चका गोलकिपरलाई कुनै मौका दिइनन् । इन्ज्युरी समयमा पुनः गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन् ।

८–० को नतिजासँगै पुलिसले सेमिफाइनलमा सहज प्रवेश गर्‍यो । खेलभरि पुलिसको बल पोजेसन र फिनिसिङ दुवै उत्कृष्ट देखियो भने चर्चको डिफेन्स र गोलकिपिङ कमजोर रह्यो ।

मिना खेलकी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् । पुरस्कार वितरण नगरप्रमुख मेगाहाङ थोप्रा, प्रतियोगिता संयोजक सन्तोष थोप्रा र ग्यारेज क्याफेका सञ्चालक लुका राईले गरे ।

मंगलबार दोस्रो क्वार्टरफाइनलमा एपिएफ फुटबल क्लब र भारतको सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच प्रतिस्पर्धा हुनेछ ।

दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोली नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ, र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा आज खेल्ने टोलीबाहेक त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी,संकटा क्लब,झापा एफसी, आरएस पोखरा एफसी र भारतको सिंग्लिङ स्पोर्टिङ क्लबको सहभागिता छ।

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

Success

Thank you for your time.