default_image

1 month ago

November 3, 2025

साधारण सभाको निर्णय कुल्चदै राष्ट्रिय लिग गर्ने सहमति

659 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजनका १४ क्लबको संयुक्त बैठकले एन्फाको पछिल्लो साधारण सभाले ए डिभिजन लिगका विषयमा गरेको अनुमोदनलाई कुल्चेर अर्को निर्णय गरेको छ ।

साधारण सभाले यो वर्षको पुस ९ गतेबाट ए डिभिजन लिग गर्ने एन्फाको प्रस्तावलाई अनुमोदन गरेको थियो। त्यसलाई कुल्चेर एन्फा र क्लबहरुबीचको आज बसेको बैठकले यो वर्ष राष्ट्रिय लिग गर्ने र ए डिभिजन लिग अर्को वर्ष मात्र आयोजना गर्ने संयुक्त निर्णय गरेका छन्।

यो निर्णयले लिगको ए,बि, सीको पिरामिड प्रभावित हुनेछ। यो निर्णयले अर्को वर्ष बी र सो डिभिजन नहुने पक्का भएको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज बसेको बैठकले राष्ट्रिय लिग पुस ९ गते देखि गर्ने सहमति जुटाएको छ। जसमा मात्र १० टोलीबीच प्रतिस्पर्धा हुनेछ। पछिल्लो पटक आयोजना भएको ए डिभिजन लिगका शीर्ष ६ टोली चर्च ब्वाइज, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र एनआरटी तथा प्रेसिडेन्ट्स कप छनोट ४ गरि १० टोलीबीच डबल राउन्ड रोबिन लिगको आधारमा राष्ट्रिय लिग गरिने एन्फाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय लिगको विजेताले एएफसी च्यालेन्ज लिग खेल्न पाउने पनि एन्फाले जनाएको छ। राष्ट्रिय लिगको लागि मंसिर ५ गते टिम दर्ता र मंसिर ९ गते खेलाडी दर्ता गर्नुपर्ने भनिएको छ। यस्तै खेल तालिका मंसिर १९ गते सार्वजनिक गरिनेछ।

राष्ट्रिय लिगलाई प्राथमिकतामा राख्दै एन्फा र क्लबहरुबीच सहिद स्मारक ‘ए’ डिभिजन लिग भने २०८३ सालको पुस ३ गते हुने सहमति भएको छ।

यो लिग होम एण्ड अवेको आधारमा हुने भनिएको छ। १४ ए डिभिजन क्लबले खेल्ने यो लिगको लागि होम ग्राउन्ड यसै वर्षको माघ देखि चैतसम्म छनोट गरी कागजी प्रक्रिया पूरा गर्ने बताइएको छ।

टिम दर्ता २०८३ साउन ३ गते र साउन ५ गते होम खेल ग्राउन्ड निरीक्षण गर्ने विज्ञप्तिमा भनिएको छ। ए डिभिजन लिगजो प्रि-सिजन खेलहरू मंसिर ३ देखि पुस २ गते भित्र तथा खेल तालिका मंसिर ३ गते सार्वजनिक गर्ने सहमति पनि भएको छ। यसैगरी लिगको लागि विभिन्न प्राविधिक बैठकहरूको मिति पनि तोकिएको छ।

आजको बैठकमा एन्फाका महासचिव किरण राई सिइओ इन्द्रमान तुलाधर तथा १४ टोलीका प्रतिनिधिले राष्ट्रिय लिग र ए डिभिजन लिगको लागि सहमति गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन्। ए डिभिजन लिग पछिल्लो पटक सम्पन्न भएको आज ८ सय ७६ दिन पूरा भएको छ।

ए डिभिजन लिगको विषयमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले चासो देखाउँदै मन्त्रालयमा नै बैठक गरेर लिग सञ्चालनको लागि ७ सदस्यीय कार्यदल समेत गठन गरेका थिए।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.