default_image

1 month ago

November 3, 2025

फुटबल खेलाडी संघद्वारा संघर्षको चेतावनी

885 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिगका क्लबहरु बीच आज भएको बैठकबाट सहिद स्मारक ए डिभिजन लिग अझै एक वर्षभन्दा बढी समयपछि गर्ने निर्णयप्रति नेपाल फुटबल खेलाडी संघ असन्तुष्टि जनाएको छ।

एन्फा र क्लबहरुले यो वर्ष राष्ट्रिय पुस ९ गते देखि राष्ट्रिय लिग र अर्को वर्ष पुस ३ गतेबाट ए डिभिजन लिग आयोजना गर्नेमा आज सहमति जनाउँदै संयुक्त विज्ञप्ति जारी गरेका छन्।

‘एन्फाले हाललाई गर्ने भनेको राष्ट्रिय लिगमा १० टोली मात्र सहभागी हुने र यसले नेपाली फुटबल वृत्तमा रहेका अधिकांश खेलाडीहरुका लागि पर्याप्त अवसर नहुने हाम्रो बुझाइ हो,’ संघका अध्यक्ष विक्रम लामाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ,’ हरेक देशको फुटबलको मेरुदण्ड मानिने श्रेणी अनुसारको लिग नगर्दा यसले ए डिभिजनका १४, बि डिभिजनका १४ क्लब र सी डिभिजनका १४ गरी कुल ४२ क्लबको उपस्थिति पुन: अर्को वर्ष नहुने पक्का भएको छ । यसो हुँदा हरेक क्लबबाट न्युनतम ३० र अधिकतम ५० गर्दा १२५० देखि २१०० खेलाडी अर्को एक वर्ष खेल्नबाट बन्चित भएका छन् । ‘

यसपटक पनि ए डिभिजन लिग नहुने हो भने राष्ट्रिय खेलाडीसहित शीर्ष डिभिजन लिगको अनुभव पाउनुपर्ने झन्डै १ हजार बढी खेलाडी व्यावसायिक फुटबल खेल्नबाट बन्चित हुने संघको निष्कर्ष छ ।

‘राष्ट्रिय लिग मात्र आयोजना गर्दा ए, बि र सी डिभिजनका अघिल्लो संस्करण खेलेका खेलाडीसँगै नेपालको उमेर समूहबाट खेलेका खेलाडी लगायत अन्य नयाँ खेलाडीले खेल्न नपाउने भएका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘एन्फाको पछिल्लो निर्णयले हामीलाई निकै दुखित र आक्रोशित पनि तुल्याएको छ उल्लेख गर्दै संघले भनेको छ , खेलाडीको मर्म र भावनामाथि खेलवाड नै गर्ने यस निर्णयको खेलाडी संघ घोर भर्त्सना गर्दै एन्फा र क्लबहरुको यो कदमविरुद्ध मौखिक, लिखित र सामाजिक संजालबाट उठेर अब सडक संघर्षमै उत्रन बाध्य भएको महसुस गराएको छ । यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी एन्फा हुनेछ।’

खेलाडी संघले गर्ने संघर्षमा फुटबलको हित चाहने सरोकारवाला, समर्थक लगायत सम्पूर्णको साथको लागि आव्हान गरेको छ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.