9 years ago
March 10, 2017
पोखरा (हाम्रो खेलकुद) – गण्डकी मेडिकल कलेज (जिएमसी) का चिकित्सक र कास्कीका खेलकुद पत्रकारहरु बिच भएको मैत्रिपूर्ण फुटवलमा जिएमसीको टोली ४–२ गोलले विजयी भएको छ ।

लेखनाथ स्थित कलेजको मैदानमा भएको खेलमा जिएमसी चिकित्सकको टोलीका तर्फबाट अमर कोइरालाले २ तथा विवेक रंजित र मदन थापाले एक एक गोल गरे । पत्रकारको तर्फबाट सुरज श्रेष्ठ र प्रविण मगरले एक एक गोल गरेका थिए । दोश्रो हाफमा मात्रै गोल गर्न सकेको पत्रकारको टिमबाट प्रविणको पासमा सुरजले पहिलो गोल गर्दै टोलिका लागि गोलको खाता खोलेका थिए । सुरजकै पासमा प्रविणले डि–बक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मध्यान्तर अगाडी पत्रकारको तर्पबाट मन क्षेत्रीको दुई वटा प्रहार गोलपोष्ट माथिबाट बाहिरीएको थियो भने डिफेन्स लाइनबाट दिपक गोदारले केहि उत्कृष्ट बचाउ गरेका थिए ।
मैत्रिपूर्ण खेलमा जिएमसी चिकित्सकको टोलीबाट गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार खनाल, प्रोफोसर डा. रबिन्द्रमान श्रेष्ठ, सिइएओ कृष्ण घिमिरे लगायत मैदान उत्रिएका थिए । पर्चेज इन्चार्ज कृष्ण पौडेल भने मैदानमा छिर्ने क्रममै घाइते भएका थिए । उनको दाहिने खुट्टा मर्किएको छ । एकवर्ष अगाडी पौडेलको सोही खुट्टा भाँच्चिएको थियो । खेल पश्चात सिइओ खनाल, डा.श्रेष्ठ तथा खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठकले आ–आफ्नों मन्तव्य राख्दै मैत्रिपूर्ण खेलले आपसी सद्भावको विकास गर्ने औल्याएका थिए ।
गण्डकी मेडिकल कलेजले नवौं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापि खेलकुद कार्यक्रमको आयोजना गरेको छ । सोही प्रतियोगिताको पहिलो दिन पत्रकार र चिकित्सक टोलीहरुको मैत्रिपूर्ण फुटवल सम्पन्न भएको हो । प्रतियोगिता अन्र्तगत शनिबार बिहान ८ किलोमिटर खुल्ला सडक दौड प्रतियोेतिगा हुँदछ । प्रतियोगिता गण्डकी मेडिकल कलेज पृथ्वीचोकबाट शुरु भई लेखनाथ रिठेपानीमा पुगेर समापन हुने खेलकुद कार्यक्रम संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिए । प्रतियोतिगामा प्रथम हुनेले नगद १५ हजार, द्धितियले नगद १० हजार तथा तृतीयले नगद ५ हजारका साथमा मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने उनले जानकारी दिए । त्यसैगरि कलेजमा अध्ययनरत छात्र-छात्राहरुविच अन्तर बास्केटबल, ब्याडमिण्टन, टेबलटेनिस, फुटसल लगायतका प्रतियोगिताहरु पनि सञ्चालन गरिने गौतमले जानकारी दिए ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ कलेजले हरेक वर्ष सञ्चालन गर्दै आएको यस्तो प्रतियोगिताले सिनियर र जुनियर विद्यार्थीहरुविचको सम्बन्ध सुमधुर पनि बन्ने एशोसियट प्रोफेशर समेत गरेका गौतमले बताए । प्रतियोगितामा विभिन्न नौ टिमबिच प्रतिस्पर्धा हुने छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]