default_image

1 week ago

November 5, 2025

पोखरा एभेन्जर्सको प्रस्तुतिमा नेपथ्य गुन्जिने

403 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्ससँगको सहकार्यमा नेपथ्यले पोखरा रंगशालामा शुक्रवार पोखरामा रंगशालामा सांगीतिक प्रस्तुति दिने भएको छ ।

गण्डकी प्रदेशमा एनपिएलको ट्रफी टुरका दौरान नेपथ्यले सांगीतिक प्रस्तुति दिने पोखरा एभेन्जर्सले जानकारी गराएको छ।

नेपथ्यको सांगितिक प्रस्तुतिका बारेमा सामाजिक सञ्जाल मार्फत जानकारी दिएको केही घण्टामा पहिलो हजार टिकट र विद्यार्थी सहुलियत टिकट विक्री भइसकेको भन्दै एभेन्जर्सले समर्थकहरूलाई धन्यवाद दिएको छ ।

नेपथ्यसँगको सहकार्यले पोखरा एभेन्जर्सको लोकप्रिय थप उचाइमा पुर्‍याउने विश्वास लिएको जनाउँदै टोली अफिसियल किरण शमशेर राणाले अहिलेको समयमा देशमा एकता र भाइचाराको खाँचो रहेको बताए।

खेल र संगितलाई सम्बन्ध सेतुको रुपमा अगाडि बढाउने विश्वास पोखरा एभेन्जर्स म्यानेजमेन्टका मालिक सुवोध त्रिपाठीले बताए ।

नेपथ्यका गायक अमृत गुरुङले भने, ‘३ वर्षपछि गृह नगरमा प्रस्तुति दिन उत्साहित छौं । यसपटक क्रिकेटसँगको सहकार्यले थप रोमान्चकता थप्दै संगीत र क्रिकेटको सम्मिश्रणबाट आउने माधुर्यताले पोखरेली समर्थकलाई संगीतको तालमा नचाउन छौं।’

नेपथ्यको सांगितिक प्रस्तुति हेर्नका लागि पोखरा एभेन्जर्सको जर्सी किन्नुपर्ने पोखरा एभेन्जर्सले बताएको छ।

जर्सी विक्रीबाट आउने केही रकम पोखरा र आसपासका सामुदायिक विद्यालयहरूमा सामजिक उत्तरदायित्व अन्तर्गत क्रिकेट खेल विकासका लागि  प्रयोग गरिने  आयोजकले जानकारी दिएको छ।

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

Success

Thank you for your time.