default_image

1 month ago

November 6, 2025

चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु

448 views

0 Bookmark

सुशील पन्त क्षेत्री, चितवन
चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ । आज भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुरको मैदान एक कार्यक्रमकाबीच औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम शुभरम्भमा ४६ विद्यालयबाट १ हजार भन्दा बढी विद्यार्थी सहभागी थिए । फिफा फुटबल फर स्कुल कार्यक्रमबाट बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने लक्ष्य रहेको छ ।

जस अन्तर्गत आज चितवनका ४६ विद्यालयलाई २०-२० थानको दरले फुटबल वितरण गरिएको हो । एन्फाले केही समय अघि आवेदन खुलाएर छनोट भएका विद्यालयलाई फुटबल वितरण गरिएको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए ।

कार्यक्रममा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले देशका लागि उत्कृष्ट खेलाडी उत्पादनको लक्ष्यसहित फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको बताए । यस कार्यक्रमले मेहेनत गर्न र अनुशासित हुन सिकाउने उनको भनाइ थियो ।

चितवन फुटबलका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, एन्फाका उपाध्यक्ष दाबा लामा, दीपक खतिवडा, पुरुषोत्तम थापा, भरतबुद्ध थापा लगायत उपस्थित थिए ।

फिफा र युनेस्कोको सहकार्यमा सञ्चालित यो कार्यक्रमले विद्यालय तहका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

कार्यक्रमले ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई फुटबलमार्फत अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैंगिक समानता र सामाजिक समावेशीताजस्ता जीवनोपयोगी सीप सिकाउने लक्ष्य पनि राखेको छ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.