default_image

1 month ago

November 6, 2025

चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु

439 views

0 Bookmark

सुशील पन्त क्षेत्री, चितवन
चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ । आज भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुरको मैदान एक कार्यक्रमकाबीच औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम शुभरम्भमा ४६ विद्यालयबाट १ हजार भन्दा बढी विद्यार्थी सहभागी थिए । फिफा फुटबल फर स्कुल कार्यक्रमबाट बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने लक्ष्य रहेको छ ।

जस अन्तर्गत आज चितवनका ४६ विद्यालयलाई २०-२० थानको दरले फुटबल वितरण गरिएको हो । एन्फाले केही समय अघि आवेदन खुलाएर छनोट भएका विद्यालयलाई फुटबल वितरण गरिएको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए ।

कार्यक्रममा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले देशका लागि उत्कृष्ट खेलाडी उत्पादनको लक्ष्यसहित फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको बताए । यस कार्यक्रमले मेहेनत गर्न र अनुशासित हुन सिकाउने उनको भनाइ थियो ।

चितवन फुटबलका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, एन्फाका उपाध्यक्ष दाबा लामा, दीपक खतिवडा, पुरुषोत्तम थापा, भरतबुद्ध थापा लगायत उपस्थित थिए ।

फिफा र युनेस्कोको सहकार्यमा सञ्चालित यो कार्यक्रमले विद्यालय तहका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

कार्यक्रमले ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई फुटबलमार्फत अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैंगिक समानता र सामाजिक समावेशीताजस्ता जीवनोपयोगी सीप सिकाउने लक्ष्य पनि राखेको छ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.