default_image

1 month ago

November 7, 2025

झापा महिला गोल्डकप- ४ खेलमा ११ लाख बढीको टिकट विक्री

778 views

0 Bookmark

दिपक बोहोरा, झापा

नेपालमा पछिल्लो समयमा महिला फुटबल लोकप्रिय छ। राष्ट्रिय खेलाडीसहितको प्रतिस्पर्धा खेल हर्ने दर्शकको बाक्लो उपस्थिति रहने गरेको छ।

अहिले झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा पनि दर्शकको उपस्थिति उल्लेख्य रहँदै आएको छ।

क्वार्टरफाइनल ४ खेल सकिँदा टिकट बिक्रीबाट ११ लाख ४४ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले जनाएको छ।

खेल हेर्न स्थानीयदेखि आसपासका जिल्लाबाट दर्शकको उपस्थिति रहने गरेको छ। महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टोलीको प्रतिस्पर्धाले दर्शकको आकर्षण झनै बढेको विश्वास गरिएको छ।

आयोजक झापा महिला फुटबल प्रतियोगिता समितिका अध्यक्ष सन्तोष थोप्राले भने, ‘दर्शकको उत्साहले हामीलाई थप जिम्मेवारी बढाएको छ। महिला फुटबललाई अझै मजबुत बनाउने हाम्रो लक्ष्य हो। टिकट बिक्रीबाट प्राप्त रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र मैदान व्यवस्थापनमा प्रयोग गरिनेछ।’

क्वाटरफाइनलको सुरुवाती ३ खेलको टिकटबाट ९ लाख ७० हजार रुपैयाँ र बिहीवारको अन्तिम क्वाटरफाइनलको टिकटबाट १ लाख ७४ हजार रुपैयाँ सङ्कलन बताइएको छ।

विभागीय टोलीले खेल्दा दर्शक संख्या उच्च रह्यो। नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबसहित प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।

३ विभागीयसहित संकटा क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा पुगेका छन्। साधारणतर्फ १ सय र २ सय तथा भिआइपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको छ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.