1 month ago
November 7, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा
एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुँदैछ।
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा एफसीबीच प्रतिस्पर्धा हुनेछ।
पुलिसले चर्च ब्वाइज युनाइटेडलाई ८–० ले र संकटा एफसीले घरेलु झापा एफसीलाई ६-० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए।
संकटामा पूर्णिमा राई सहित केहि यु २० खेलाडी र भुटानकी एक राष्ट्रिय खेलाडी छन्। पुलिस दाबेदार मध्येको एक हो। राष्ट्रिय खेलाडी रेखा पौडेल, उषा नाथ, मीना देउवा र पूजा राना लगायतका अनुभवी खेलाडी टोलीमा छन्।
आजको विजेताले फाइनलमा अन्य दुई विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लबमध्ये एकसँग फाइनल खेल्नेछ।
दर्शकका लागि टिकट दर आज सामान्यतर्फ २ सय र ३ सय रुपैयाँ तथा भिआइपीतर्फ १ हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले १० लाख १० हजार र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार , उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]