1 month ago
November 7, 2025
रविन्द्र वाईबा ,हेटौंडा
देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ।
हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो।
जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन लिम्बुले खेलको १४ औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काए भने ४४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए।
यस्तै उज्वल राईले ८९ औं मिनेटमा एक गोल थपे। देउरालीका विशाल तामाङ प्लेयर अफ दि म्याच घोषित भए। लिगमा दोस्रो खेल खेलेको देउरालीले पहिलो जीत निकालेको हो। देउराली यसअघि बुधबार भएको उद्घाटन खेलमा चित्लाङ एफसी (काठमाडौं) सँग ४-१ गोलले पराजित भएको थियो।
शुक्रबारको दोस्रो खेलमा चित्लाङ एफसी (काठमाडौं) र विजय स्पोर्ट्स क्लब (कैलाली) ले १-१ गोलको बराबरी खेलेको छ। विजय स्पोर्ट्सका लागि एरोन थापाले ४६ औं मिनेटमा र चित्लाङका लागि विज्ञान खड्काले ७२ औं मिनेटमा गोल गरे।
प्लेयर अफ दि म्याच चित्लाङका खड्का घोषित भए। लिगमा विजय स्पोर्ट्सले २ खेलमा बराबरी खेलेको छ। यसअघि बुधबार भएको खेलमा लालीगुराँस एसोसिएसन क्लब (कास्की) सँग गोलरहित बराबरी खेल्दै स्पोर्ट्सले अंक बाँडेको थियो। लिगमा समान २ खेल खेलेको चित्लाङले पहिलो खेलमा देउराली युथ क्लबलाई ४-१ गोल हराएको थियो।
लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]