1 month ago
November 7, 2025
रविन्द्र वाईबा ,हेटौंडा
देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ।
हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो।
जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन लिम्बुले खेलको १४ औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काए भने ४४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए।
यस्तै उज्वल राईले ८९ औं मिनेटमा एक गोल थपे। देउरालीका विशाल तामाङ प्लेयर अफ दि म्याच घोषित भए। लिगमा दोस्रो खेल खेलेको देउरालीले पहिलो जीत निकालेको हो। देउराली यसअघि बुधबार भएको उद्घाटन खेलमा चित्लाङ एफसी (काठमाडौं) सँग ४-१ गोलले पराजित भएको थियो।
शुक्रबारको दोस्रो खेलमा चित्लाङ एफसी (काठमाडौं) र विजय स्पोर्ट्स क्लब (कैलाली) ले १-१ गोलको बराबरी खेलेको छ। विजय स्पोर्ट्सका लागि एरोन थापाले ४६ औं मिनेटमा र चित्लाङका लागि विज्ञान खड्काले ७२ औं मिनेटमा गोल गरे।
प्लेयर अफ दि म्याच चित्लाङका खड्का घोषित भए। लिगमा विजय स्पोर्ट्सले २ खेलमा बराबरी खेलेको छ। यसअघि बुधबार भएको खेलमा लालीगुराँस एसोसिएसन क्लब (कास्की) सँग गोलरहित बराबरी खेल्दै स्पोर्ट्सले अंक बाँडेको थियो। लिगमा समान २ खेल खेलेको चित्लाङले पहिलो खेलमा देउराली युथ क्लबलाई ४-१ गोल हराएको थियो।
लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]