1 month ago
November 7, 2025
दिपक बोहोरा / हिमाल खरेल , झापा
नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो।
झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो।
२४औं मिनेटमा पुलिसले कर्नर किकबाट अग्रता बनाउने सुनौलो मौका पायो, तर पूजा रानाको सट संकटाको डिफेन्सले क्लियर गर्यो।
३०औं मिनेटमा संकटा पनि अग्रता बनाउन चुक्यो ।भुटानी खेलाडी छिरिंग वाङ्देनको क्रसमा पूर्णिमा राईको ओपन हेडर गोलपोष्ट बाहिरियो।
पहिलो हाफको इन्जुरी समयमा सेनुले दिएको क्रसमा छिरिङले डिबक्स भित्रबाट सट लिएकी थिइन् तर बल पोस्टको छेउ हुँदै बाहिरियो पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
दोस्रो हाफमा भने पुलिसले खेलमा नियन्त्रण जमायो।
७०औं मिनेटमा करिब ३० यार्ड टाढाबाट पूजाले दिएको फ्रिकिकमा मिना देउवाले सटीक हेडमार्फत बल जालीभित्र पठाउँदै टोलीलाई १–० को अग्रता दिलाइन्।
८२औं मिनेटमा संकटा कप्तान यशोधा शाहीले बल क्लियर गर्न नसक्दा रेखा पौडेलले त्यसको फाइदा उठाउँदै अर्को गोल थपिन्।
अन्तिम मिनेटमा सम्झना लावतीले ‘वान–भर्सेस–वान’को अवसर गुमाइन् भने इन्जुरी समयमा सेनुको सट पोस्टको छेउ हुँदै बाहिरिँदा संकटा शान्तवना गोलबाट पनि वञ्चित रह्यो।
बल पोजेसन, पासिङ र फिनिसिङमा पुलिस क्लब प्रभावशाली देखियो भने संकटा निर्णायक क्षणमा कमजोर सावित भयो। पुलिसकी रेखा पौडेल प्लेयर अफ दि म्याच घोषित भइन्।
अब उसले उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाइनलमा एपिएफ र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]