1 month ago
November 7, 2025
दिपक बोहोरा / हिमाल खरेल , झापा
नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो।
झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो।
२४औं मिनेटमा पुलिसले कर्नर किकबाट अग्रता बनाउने सुनौलो मौका पायो, तर पूजा रानाको सट संकटाको डिफेन्सले क्लियर गर्यो।
३०औं मिनेटमा संकटा पनि अग्रता बनाउन चुक्यो ।भुटानी खेलाडी छिरिंग वाङ्देनको क्रसमा पूर्णिमा राईको ओपन हेडर गोलपोष्ट बाहिरियो।
पहिलो हाफको इन्जुरी समयमा सेनुले दिएको क्रसमा छिरिङले डिबक्स भित्रबाट सट लिएकी थिइन् तर बल पोस्टको छेउ हुँदै बाहिरियो पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
दोस्रो हाफमा भने पुलिसले खेलमा नियन्त्रण जमायो।
७०औं मिनेटमा करिब ३० यार्ड टाढाबाट पूजाले दिएको फ्रिकिकमा मिना देउवाले सटीक हेडमार्फत बल जालीभित्र पठाउँदै टोलीलाई १–० को अग्रता दिलाइन्।
८२औं मिनेटमा संकटा कप्तान यशोधा शाहीले बल क्लियर गर्न नसक्दा रेखा पौडेलले त्यसको फाइदा उठाउँदै अर्को गोल थपिन्।
अन्तिम मिनेटमा सम्झना लावतीले ‘वान–भर्सेस–वान’को अवसर गुमाइन् भने इन्जुरी समयमा सेनुको सट पोस्टको छेउ हुँदै बाहिरिँदा संकटा शान्तवना गोलबाट पनि वञ्चित रह्यो।
बल पोजेसन, पासिङ र फिनिसिङमा पुलिस क्लब प्रभावशाली देखियो भने संकटा निर्णायक क्षणमा कमजोर सावित भयो। पुलिसकी रेखा पौडेल प्लेयर अफ दि म्याच घोषित भइन्।
अब उसले उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाइनलमा एपिएफ र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]