1 month ago
November 9, 2025
रविन्द्र वाईबा ,हेटौंडा
कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ।
लिग अन्तर्गत आइतवार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा बर्दियाको जनजागृती युवा क्लबलाई ४-० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४-१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो।
लालीगुराँसका लागि आशिष गुरुङले ह्याट्रिकक गरे। उनले खेलको १३ औं, ९० औं र ९३ औं मिनेटमा गोल गर्दै ह्याटि्रक पूरा गरे। लालीगुराँसका थप एक गोल खेलको ४८ औं मिनेटमा यम बहादुर श्रेष्ठ गरे। लालीगुराँसका लागि ह्याट्रिक पूरा गरेका आशिष प्लेयर अफ दि म्याच
घोषित भए।
लिगमा दोस्रो खेल खेलेको लालीगुराँस पहिलो खेलमा बुधबार कैलालीको विजय स्पोर्ट्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। लिगमा ३ खेल खेलेको जनजागृतीले दोस्रो हार बेहोरेको छ।
जागृती यसअघि शुक्रबार धनकुटाको देउराली युथ क्लबसँग ३-१ गोलले पराजित भएको थियो भने आइतबार सुर्खेतको काक्रेविहारसँग १-१ गोलको बराबरी खेलेको थियो।
आइतबार भएको दोस्रो खेलमा विजय स्पोर्ट्सका लागि निराज चौधरी नायक बने । उनले खेलको १२ औं, १४ औं र ८६ औं मिनेटमा गोल गर्दै ह्याटि्रक पूरा गरे।
खेलको ४७ औं मिनेटमा अरोन थापाले थप एक गोल गरे। देउरालीका लागि खेलको २५ औं मिनेटमा उज्वल राइले एक गोल फर्काए। प्लेयर अफ दि म्याच ह्याटि्रक पूरा गर्ने चौधरी घोषित भए।
लिगमा ३ खेल खेलेको पहिलो जीत निकालेको हो। विजय स्पोर्ट्सले २ खेल बराबरी खेलेको थियो। विजय स्पोर्ट्स शुक्रबार लालीगुराँस एसोसिएसनसँग गोलरहित र शुक्रबार काठमाडौंको चित्लाङ एफसीसँग १-१ गोललेको बराबरी खेलेको थियो।
समान ३ खेल खेलेको देउरालीले दोस्रो हार बेहोरेको हो। देउराली पहिलो खेलमा बुधबार चित्लाङसँग ४-१ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा बर्दियाको जनजागृतीलाई ३-१ गोलले हराएको थियो।
लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]