4 weeks ago
November 9, 2025
रविन्द्र वाईबा ,हेटौंडा
कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ।
लिग अन्तर्गत आइतवार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा बर्दियाको जनजागृती युवा क्लबलाई ४-० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४-१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो।
लालीगुराँसका लागि आशिष गुरुङले ह्याट्रिकक गरे। उनले खेलको १३ औं, ९० औं र ९३ औं मिनेटमा गोल गर्दै ह्याटि्रक पूरा गरे। लालीगुराँसका थप एक गोल खेलको ४८ औं मिनेटमा यम बहादुर श्रेष्ठ गरे। लालीगुराँसका लागि ह्याट्रिक पूरा गरेका आशिष प्लेयर अफ दि म्याच
घोषित भए।
लिगमा दोस्रो खेल खेलेको लालीगुराँस पहिलो खेलमा बुधबार कैलालीको विजय स्पोर्ट्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। लिगमा ३ खेल खेलेको जनजागृतीले दोस्रो हार बेहोरेको छ।
जागृती यसअघि शुक्रबार धनकुटाको देउराली युथ क्लबसँग ३-१ गोलले पराजित भएको थियो भने आइतबार सुर्खेतको काक्रेविहारसँग १-१ गोलको बराबरी खेलेको थियो।
आइतबार भएको दोस्रो खेलमा विजय स्पोर्ट्सका लागि निराज चौधरी नायक बने । उनले खेलको १२ औं, १४ औं र ८६ औं मिनेटमा गोल गर्दै ह्याटि्रक पूरा गरे।
खेलको ४७ औं मिनेटमा अरोन थापाले थप एक गोल गरे। देउरालीका लागि खेलको २५ औं मिनेटमा उज्वल राइले एक गोल फर्काए। प्लेयर अफ दि म्याच ह्याटि्रक पूरा गर्ने चौधरी घोषित भए।
लिगमा ३ खेल खेलेको पहिलो जीत निकालेको हो। विजय स्पोर्ट्सले २ खेल बराबरी खेलेको थियो। विजय स्पोर्ट्स शुक्रबार लालीगुराँस एसोसिएसनसँग गोलरहित र शुक्रबार काठमाडौंको चित्लाङ एफसीसँग १-१ गोललेको बराबरी खेलेको थियो।
समान ३ खेल खेलेको देउरालीले दोस्रो हार बेहोरेको हो। देउराली पहिलो खेलमा बुधबार चित्लाङसँग ४-१ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा बर्दियाको जनजागृतीलाई ३-१ गोलले हराएको थियो।
लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]