default_image

1 month ago

November 10, 2025

पिएसजीको कठिन जित

340 views

0 Bookmark

एजेन्सी – जाओ नेभेसले खेलको इन्जुरी समयमा गोल गरेपछि आइतवार पेरिस सेन्ट–जर्मेन (पिएसजी ) ले लियोनलाई ३-२ ले हराएको छ।

यो जितसँगै पिएसजी पुनः लिग वानको शीर्ष स्थानमा पुगेको छ। गत साता नाइसविरुद्ध पनि अन्तिम समयमा गोल गरेर जितेको पिएसजीले यसपटक पनि अन्तिम क्षणमा ३ अंक सुरक्षित गर्‍यो।

खेलको २६औं मिनेटमा भिटिन्हाको पासमा वारन जाएर इमेरीले गोल गर्दै पिएसजी लाई अग्रता दिलाए। ३० औं मिनेटमा अफोन्सो मोराएराले लियोनलाई बराबरीमा फर्काए।

३३औं मिनेटमा भिटिन्हाले बल खोसेर निकालेको पासमा खोसेर ख्विचा क्वारात्सखेलियाले गोल गर्दै पिएसजीलाई फेरि अघि बढाए।

दोस्रो हाफ सुरु भएपछि पाँचौँ मिनेटमा एन्सली मेटल्यान्ड नाइल्सले सुन्दर प्रहारबाट गोल गर्दै लियोनलाई फेरि बराबरीमा ल्याए।

अन्त्यमा लियोनका निकोलास टाग्लियाफिकोले दोस्रो पहेंलो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित रह्यो। त्यसकै फाइदा उठाउँदै पिएसजीले इन्जुरी समयको पाँचौं मिनेटमा लि काङ इनको कर्नरबाट आएको बलमा नेभेसले हेड गोलमार्फत जित निश्चित गरे।

शीर्ष स्थानको पिएसजीको १२ खेलमा २७ अंक छ। लियोन २० अंकसहित सातौं स्थानमा छ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.