4 weeks ago
November 10, 2025
एजेन्सी – जाओ नेभेसले खेलको इन्जुरी समयमा गोल गरेपछि आइतवार पेरिस सेन्ट–जर्मेन (पिएसजी ) ले लियोनलाई ३-२ ले हराएको छ।
यो जितसँगै पिएसजी पुनः लिग वानको शीर्ष स्थानमा पुगेको छ। गत साता नाइसविरुद्ध पनि अन्तिम समयमा गोल गरेर जितेको पिएसजीले यसपटक पनि अन्तिम क्षणमा ३ अंक सुरक्षित गर्यो।
खेलको २६औं मिनेटमा भिटिन्हाको पासमा वारन जाएर इमेरीले गोल गर्दै पिएसजी लाई अग्रता दिलाए। ३० औं मिनेटमा अफोन्सो मोराएराले लियोनलाई बराबरीमा फर्काए।
३३औं मिनेटमा भिटिन्हाले बल खोसेर निकालेको पासमा खोसेर ख्विचा क्वारात्सखेलियाले गोल गर्दै पिएसजीलाई फेरि अघि बढाए।
दोस्रो हाफ सुरु भएपछि पाँचौँ मिनेटमा एन्सली मेटल्यान्ड नाइल्सले सुन्दर प्रहारबाट गोल गर्दै लियोनलाई फेरि बराबरीमा ल्याए।
अन्त्यमा लियोनका निकोलास टाग्लियाफिकोले दोस्रो पहेंलो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित रह्यो। त्यसकै फाइदा उठाउँदै पिएसजीले इन्जुरी समयको पाँचौं मिनेटमा लि काङ इनको कर्नरबाट आएको बलमा नेभेसले हेड गोलमार्फत जित निश्चित गरे।
शीर्ष स्थानको पिएसजीको १२ खेलमा २७ अंक छ। लियोन २० अंकसहित सातौं स्थानमा छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]