1 month ago
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड
नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्।
मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो।
मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनिन् । फाइनलमासहित ३ खेलमा मिनाले ७ गोल गरेकी थिइन्।
मिनाले कात्तिक १० गते इरानविरुद्ध खेल्दै राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरेकी थिइन्। पुलिसकै पूजा राना प्लेयर अफ दि म्याच घोषित भइन्।
त्यस्तै पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर, एपिएफकी मनमाया दमाई उत्कृष्ट डिफेन्डर , एपिएफकी रेनुका नगरकोटी उत्कृष्ट मिडफिल्डर, एपिएफकी उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ) उत्कृष्ट फरवार्ड, पुलिसका भोला सिलवाल उत्कृष्ट प्रशिक्षक चुनिए।
त्रिभुवन आर्मी फुटबल क्लबकी जेनिफर राना मगर उदियमान खेलाडी घोषित भइन् । उत्कृष्टले समान २५ हजार रुपैयाँ प्राप्त गरे।
विजेता पुलिसले उपाधिसहित १० लाख १० हजार र एपिएफले ५ लाख रुपैयाँ प्राप्त गर्यो । कात्तिक १७ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।
यसैबीच, एपिएफविरुद्धको फाइनलमा ६३ औं मिनेटमा घाइते भएकी नेपाल पुलिस क्लबकी फरवार्ड रेखा पौडेलको बिर्तामोडस्थित स्पाइन एक्स सुपरस्पेसालिटी अस्पताल तथा ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको दायाँ काधँमा चोट लागेकोले बिर्तासिटी अस्पतालमा एमआरआईमा भएको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]