default_image

4 weeks ago

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

2136 views

0 Bookmark

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड

नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्।

मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो।

मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनिन् । फाइनलमासहित ३ खेलमा मिनाले ७ गोल गरेकी थिइन्।

मिनाले कात्तिक १० गते इरानविरुद्ध खेल्दै राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरेकी थिइन्। पुलिसकै पूजा राना प्लेयर अफ दि म्याच घोषित भइन्।

त्यस्तै पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर, एपिएफकी मनमाया दमाई उत्कृष्ट डिफेन्डर , एपिएफकी रेनुका नगरकोटी उत्कृष्ट मिडफिल्डर, एपिएफकी उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ) उत्कृष्ट फरवार्ड, पुलिसका भोला सिलवाल उत्कृष्ट प्रशिक्षक चुनिए।

त्रिभुवन आर्मी फुटबल क्लबकी जेनिफर राना मगर उदियमान खेलाडी घोषित भइन् । उत्कृष्टले समान २५ हजार रुपैयाँ प्राप्त गरे।

विजेता पुलिसले उपाधिसहित १० लाख १० हजार र एपिएफले ५ लाख रुपैयाँ प्राप्त गर्यो । कात्तिक १७ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।

यसैबीच, एपिएफविरुद्धको फाइनलमा ६३ औं मिनेटमा घाइते भएकी नेपाल पुलिस क्लबकी फरवार्ड रेखा पौडेलको बिर्तामोडस्थित स्पाइन एक्स सुपरस्पेसालिटी अस्पताल तथा ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको दायाँ काधँमा चोट लागेकोले बिर्तासिटी अस्पतालमा एमआरआईमा भएको थियो।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.